Shittalpati
कस्मोपोलिटनमा तीन महिने निःशुल्क तालिमको उद्घाटन

पाल्पा, तानसेनमा सीपयुक्त तालिमहरु सञ्चालन गर्दै आएको कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन प्रालिमा तीन महिने निःशुल्क तालिमको शुभारम्भ भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत इभेन्ट परियोजनाको आर्थिक सहयोग र कस्मोपोलिटनको आयोजनामा सञ्चालन हुन लागेको तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । विहानी शत्रमा सञ्चालन हुने कुकु, इलेक्टोनिसियन र मन्टेसरी तालिमको प्रमुख अतिथि तानसेन नगरपालिका ३ का वडा अध्यक्ष महेशलाल शाक्यले उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै अध्यक्ष शाक्यले सीपले नै मानिसलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले ध्यान दिएर सीप हासिल गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । उनले सीपयुक्त व्यक्ति बेरोजगार बस्न नपर्ने धारणा व्यक्त गरे । त्यस्तै दिवा समूहको तालिम उद्घाटन गर्दै पाल्पा उद्योग वाणिज्य संघका महासचिव शैलेन्द्र भट्टराईले आर्थिक दुर्घटनाबाट बचाउन यस्ता छोटो अवधिका तालिमहरु महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

सस्थाका प्रशिक्षक संयोजक सुरेश न्यौपानेले कार्यक्रम माथि प्रकाश पार्दै यो तालिम अन्य तालिमहरु भन्दा भिन्न प्रकृतिको भएकाले सहभागीहरुलाई नियमित हुन आग्रह गरे । संस्थाका निर्देशक कमल भट्टराईको अध्यक्षता, प्रशिक्षक पुजा बस्यालको स्वागत, प्रशिक्षक सावित्रा गैरे र विद्या रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिममा पाल्पा लगायत छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, रुपन्देही लगायतका १ सय २० जना युवायुवतीहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update