Shittalpati
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा

काठमाडौं (एजेन्सी) । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिलेनयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको हो । नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । यो शहरका लागि केही भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ रएलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदानगर्न स्ट्रिट कन्ट्रोल हृयान्डलबारहरु पनि रहेको । यो १६० सीसी डीटीएसआई इन्जिनद्वारा सञ्चालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५ स्पीड म्यानुअलट्रान्समीसन पनि प्रयोग गर्दछ । सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएमडिस्क ब्रेक र पछाडी भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरुमानकको रुपमा एकल च्यानल एबीएस संगै छन् । चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारित फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मुल्य रु ३ लाख १९ हजार ९ सयमा असोज १५ गतेदेखि देशभर उपलब्ध भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update