Shittalpati
युनियन लाइफद्वारा वैदेशिक रोजगार मृत्यु दावी भुक्तानी

पाल्पा । युनियन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्तर्गत मृत्यु दावी भुक्तानी वापत १४ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।
कम्पनी पाल्पा शाखाले जिल्लाको बगनासकाली गाउँपालिका २ का प्रकाश न्यौपानेको श्रीमती तारा न्यौपानेलाई वैदेशिक रोजगारको बीमा दावी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त चेक पाल्पा शाखाका शाखा प्रवन्धक दिनेश नेपालले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारको क्रममा साउदी पुगेका मृतक न्यौपानेको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । मृतक न्यौपानेले युनियन लाइफ इन्स्योरेन्समा चार महिना अघि बीमा लेखा नम्वर FE576068159 अन्तर्गत वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए ।

कम्पनीले मृतकका श्रीमती तारालाई बीमाड्ढ दावी वापतको दश लाख, क्रिया खर्च बापत एक लाख, शव ल्याउनका लागि एक लाख, आय नोक्सानी वापत दुई लाख गरी १४ लाखको चेक प्रदान गरेको छ । बीमा गराउँदा आर्थिक सुरक्षा हुने गरेको कम्पनी पाल्पा शाखाका प्रवन्धक नेपालले बताए । मृत्यु दावी रकम बुझ्दै मृतक न्यौपानेको श्रीमति ताराले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भावको प्रशंसा गरिन् ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update