Shittalpati
कोरोना बिमाको दाबी भूक्तानी

गुल्मी । जिल्लामा कोरोना बिमा दाबी भुक्तानी गरिएको छ । कोरोना बिमा गराएका गुल्मीदरबार गाउँपालिकाका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रकम भुक्तानी गरिएको हो । शिखर इन्स्योरेन्स गुल्मी तम्घास शाखाले सो दाबी रकम भुक्तानी गरेको जनाएको छ । कोरोना बिमा गरेका ति कर्मचारीले एक लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । कोरोना बिमा दाबी भुक्तानी रकम शिखर इन्स्युरेन्स कम्पनीका शाखा प्रमुख रिखबहादुर खत्रीले गाउँपालिका अध्यक्ष अशोक थापालाई हस्तातरण गरेका थिए । पिसिआर परीक्षणका क्रममा उनको संक्रमण पोजेटिभ देखिएसँगै माग दाबी परेको थियो । गुल्मीदरवार गाउँपालिकाले ०७७ साल जेठ २२ गते प्रति व्यक्ति एक लाख बरावरको संस्थागत सामूहिक कोरोना रोग बिमा शिखर इन्स्योरेन्स कम्पनी लि.,गुल्मी शाखाबाट गराएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख खत्रीले बिमा भनेको आर्थिक सुरक्षाको महत्वपूर्ण अंग भएकाले सम्पूर्ण नागरिक बिमाको दायरा भित्र आउनुपर्ने देखिएको बताए । चेक हस्तान्तरण गुल्मीदरवार गाउँपालिका अध्यक्ष अशोक कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे लगायतको उपस्थितीमा हस्तातरण गरिएको थियो । गाउँपालिकामा कार्यरत कर्मचारी केहि दिन पहिला कोरोना संक्रमण भएर निको भइसेका छन् । कोरोनाको कहर शुरु भएपछि सरकारले पहिलो पटक कोरोना बिमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ । नियामक निकाय बिमा समितिले एक हजारमा एक लाख बराबरको बिमा गर्न सकिने प्रबन्ध गरेको छ । बिमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पिसिआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी गर्न सकिने छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update