Shittalpati
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री

पाल्पा । जिल्लाको तानसेनमा रहेको पाल्पा सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार तानसेनले एक कार्यक्रमको आयोजना गरी पाल्पा सिबिआरमा रहेका फरक क्षमताका बालबालिकाहरुका लागि खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो । सिबिआरमा रहेका ११ जना बालबालिकालाई चामल, दाल, तेल, नुन, चिनी, सावुन, सर्फ, मास्क, Þयाण्डी प्लस, औषधी लगायतका स्वास्थ्य सामग्री प्रत्येक बालबालिकाका अभिभावकलाई हस्तान्तरण गरिएको संघका पूर्वअध्यक्ष एवं सल्लाहकार उत्पलकुमार बज्राचार्यले बताए ।

कार्यक्रममा सिबिआरका व्यवस्थापक कृष्ण गहतराजले फरक क्षमताका बालबालिकाहरुलाई संघले देखाएको सहयोग र सद्भाव प्रसंशनिय रहेको भन्दै संघलाई धन्यवाद दिए । उनले लामो समयदेखि जिल्लामा रहेका फरक क्षमताका बालबालिहरुलाई सिबिआरमा राखेर पठन–पाठन गराउँदै आएको बताए ।

बौद्ध धर्मका विषयमा जानकारी गराउदै संघका पूर्वअध्यक्ष एवं सल्लाहकार उत्पल कुमार बज्राचार्यले विपन्न र फरक क्षमताका बाललिकाहरु केही भएपनि राहत मिलोस् भनेर खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको बताए । कार्यक्रम संघका अध्यक्ष विरेन्द्रराज शाक्यको अध्यक्षता, कार्यक्रम संयोजक अनुराधा बज्राचार्यको स्वागत, संघका सचिव बसन्तलाल बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update