Shittalpati
कर्मचारी युनियनद्वारा पहिरो पीडितका लागि आर्थिक सहयोग

रमेश विश्वकर्मा

गुल्मी । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले जिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका र ईस्मा गाउँपालिकामा केही दिन अघी गएको पहिरोबाट प्रभावितहरुका लागि सहयोगका संघले ५० हजार ५ सय ५५ आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकमको चेक शुक्रवार नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र कोषाध्यक्ष हरीबहादुर केसीलाई हस्तान्तरण गरिएको संघका जिल्ला अध्यक्ष मेघलाल पाण्डेले जानकारी दिए । उक्त चेकमा भएको रकम नेपाल निजामती कर्मचारी युनियन (संघ) मा आवद्ध सम्पूर्ण निजामती कर्मचारीहरुले सहयोग गरेका थिए । सहयोगले पहिरो पीडितलाई केहि राहत मिलोस् भन्ने उद्देश्यले पार्टीका सभापति र कोषाध्यक्षलाई हस्तान्तरण गरिएको अध्यक्ष पाण्डेले बताए । उनले युनियनले विगतका दिनहरूमा पनि समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको बताए । चेक रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेसका जिल्ला श्रेष्ठले पहिरो पीडितलाई सहयोग स्वरूप उक्त रकमको चेक उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिए ।

सोही अवसरमा नेपाल निजामती कर्मचारी युनियन (संघ) र नेपाली कांग्रेस बिच अन्तक्र्रिया समेत भएको थियो । अन्तक्र्रियामा पार्टी र संघका विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस उपसभापति बिष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, महासमिति सदस्य शालिकराम पन्थी, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष जयश्वर पन्थी र संघमा आवद्ध कर्मचारीहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update