Shittalpati
रामपुरमा सर्फ तथा  सोडा बनाउने तालिम

इमान सिं राना
पाल्पा (रामपुर), महिलाहरुलाई उद्यम तर्फ आकर्षित गर्ने उद्देश्यका साथ जिल्लाको रामपुरमा सर्फ तथा सोडा बनाउने दुई दिने तालिम सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र स्किल बेष्ट ट्रेनिङ्ग एण्ड कन्सल्टेन्सी काठमाडौंको व्यवस्थापन तथा प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । तालिमको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले समुद्घाटन गरेका हुन् । उनले नगरपालिकाले उद्यम गर्न चाहाने जनतालाई मध्यजर गर्दै कार्यक्रमहरु ल्याएको र उपयुक्त वातावरण निर्माणमा लागि परेको बताए ।

थापाले साना व्यवसायिक उद्यमी तथा कृषकहरुलाई मध्यनजर गरेर स्वरोजगारका लागि व्याज अनुदान कार्यक्रम लागु गरेको, कृषि उपज भण्डारणका लागि शितभण्डार निर्माण गर्न लागेको, उद्योगीहरुको लागि मध्यनजर गर्दै औद्योगिक ग्रामलाई अघि बढाएको र स्थानीय उत्पादनको प्रवद्र्धनका लागि आयातमा निरुत्साहित गर्ने कार्यक्रम ल्याएको जानकारी दिए । उनले आफुलाई व्यस्त राख्न सके स्वस्थ्य हुनुका साथै परिवारको आर्थिक समृद्धि हुने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले विगतको चलनलाई निरुत्साहित गर्दै तालिम लिएर उद्यममा लाग्ने प्रतिवद्धता जनाउने युवा तथा महिलालाई मात्र तालिम दिन सुरु गरिएको बताइन् । उनले काम सानो ठूलो नहुने भन्दै तालिम लिएर व्यवसायिक बन्न आग्रह गरिन् । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले रामपुर क्षेत्रमा बजारीकरण बढ्दै गएको र स्तरीय सामान उत्पादन गर्न सकेमा सहजै विक्री गर्न सकिने बताए ।

रामपुर नगरपालिका कृषि शाखाका अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेयले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सके मात्र तालिमले सार्थक रुप पाउने बताए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्किल बेष्ट ट्रेनि· एण्ड कन्सल्टेन्सी व्यवस्थापक पृथ्वी नारायण श्रेष्ठले तालिमको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन पशुपति श्रेष्ठले गरेका हुन् । तालिममा रामपुर रामपुर नगरपालिका भित्रबाट छनौट भएका ३, ५ र ८ वडाका ३० जना महिलाहरुको सहभागीता रहेको सहायक महिला विकास निरीक्षक पूजा परियारले बताइन् । तालिमको सहजीकरण पृथ्वी नारायण श्रेष्ठ, सजना नकर्मी र अस्मिता भट्टराईले गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update