Shittalpati
तानसेनको दमकडामा हुन लागेको महोत्सवको तयारी तीव्र

हाम्रा संवाददाता
पाल्पा, माघ १०/पाल्पा महोत्सव २०७६ को तयारी तीव्र पारिएको छ । पाल्पा व्यापार संघको आयोजनामा यही फागुन १ गतेदेखी ११ गते सम्म दमकडा खेल मैदानमा हुन लागेको महोत्सवको तायारी तीव्र पारिएको हो । मेलास्थल दमकडामा औपचारिक रुपमा सचिवालयको शुक्रवार शुभारम्भ गर्दै तयारी तीव्र रुपमा अगाडि बढेको आयोजकले जनाएको छ ।

सचिवालयको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गरेका छन् । सचिवालयको उद्घाटन गर्दै नगर प्रमुख शाहीले महोत्सव सफल बनाउन सबै व्यापारी र सरोकारवालाहरु एकजुट हुनुपर्ने बताए । उनले महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे । नगरप्रमुख शाहीले कृषि उत्पादनको मुख्य क्षेत्र मदनपोखरामा महोत्सव सञ्चालन हुनु खुशीको कुरा भएको भन्दै मेलामा स्थानीय र घरायसी आवश्यकताका वस्तु सुलभ मूल्यमा विक्रिवितरण गरी सबैको अपनत्व महसुस हुने गरी मेला सञ्चालन गर्न अनुरोध गरे ।

नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले स्थानीय उत्पादनलाई बढावा दिने खालका यस्ता मेलालाई स्थानीय तहले सक्दो सहयोग गर्ने बताइन । मुल आयोजक समितिका संयोजक तथा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले पाल्पालीको पहिचानको रुपमा महोत्सव सञ्चालन गर्न लागिएको बताए ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update