Shittalpati
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य

पाल्पा । ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३६३ औं बैठकले सूचना अधिकारीमा आचार्यलाई नियुक्त गरेको हो । बैंकको सहायक महाप्रबन्धकका रुपमा रहेका आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरिएको बैंकका हेड रिटेल मनोज रायमाझीले जानकारी दिए । नवनियुक्त आचार्यले असार १८ गतेदेखि उक्त पदको जिम्मेवार सम्हालेका छन् । यस अघी बैंकको सूचना अधिकारीमा पारसराज कंडेल रहेका थिए ।

नवनियुक्त आचार्यले आफूले पाएको जिम्मेवारीलाई अवसरको रूपमा लिई असल सूचना अधिकारी भएर सुशासन, सामाजिक जवाफदेहीता र पारदर्शिता कायम गर्ने काममा प्रतिवद्ध भएर लाग्ने बताएका छन् । उनले बैंकबाट हुने सेवाप्रवाहका सम्बन्धमा सूचनाको हक कार्यान्वयन गर्ने गराउने काममा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्ध जनाएका छन् । बैंकले देशभरका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने गरी योजना अगाडि बढाएको छ । बैंकले आफ्ना सेवाग्राहीहरुले सहज रुपमा सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा आकर्षक प्रगति गरेको देखिन्छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.७६ प्रतिशतले बढाउन सफल भएको छ । यो अवधिसम्ममा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १७ करोड ४ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ९३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म बैंकले ४० करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा २४ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।

बैङ्कले तीन महिना अर्थात माघदेखि चैतसम्ममा १५ करोड ५१ लाख रुपैयाँले खुद नाफा बढाएर तेस्रो त्रैमाससम्म ४३ करोड ६० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ५२.७८ प्रतिशत अर्थात १५ करोड ६ लाख रुपैयाँले खुद नाफा वृद्धि गरेको हो । बैंकको कुशल ब्यवस्थापनका कारण व्यवसायको आकार विस्तारसँगै बैंकको नाफामा पनि सुधार हुँदै आइरहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्ममा बैंकको वितरण योग्य नाफा ९ करोड ५४ लाख २५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update