Shittalpati
सुजुकीले ल्यायो कार किन्ने ग्राहकका लागि नयाँ योजना

काठमाडौँ (एजेन्सी) । नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले कार किन्ने ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको हो समय–समयमा आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याउँदै आएको कम्पनीले यस वर्ष ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको जनाएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौं सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार ७ सय ५० रुपैयाँ डाउनपेमेन्ट देखि सुजुकीका कमर्शियल गाडी खरिद गर्न सकिनेछ ।

यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दा मात्र १३ हजार नौं सय १३ रुपैयाँदेखि र कमर्शियल मोडेल खरिद गर्दा मात्र नौ हजार सात सय ३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ । फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागु हुनेछ । फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम दुई लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम दुई लाख रुपैयाँ एक्सचेञ्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेञ्ज भ्यालुएसन र इन्स्योरेन्स लागू हुनेछ । कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेका छन् । तथापी, आफ्नो र आफ्नो परिवारको सुरक्षा अहिले सबैको प्राथमिकताको विषय हो । तसर्थ, आफ्ना मानिसको सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीको अफरले मद्दत गर्ने अपेक्षा सीजी मोटोकर्पको छ । यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध छ ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update