Shittalpati
कृषि विकास बैंक रामपुर शाखाद्वारा असल निक्षेपकर्ता तथा ऋणी सम्मानित

इमान सिं राना

पाल्पा(रामपुर), कृषि विकास बैंक लिमिटेड रामपुर शाखाले शाखा अन्तर्गतका असल निक्षेपकर्ता तथा ऋणीहरुलाई सम्मान गरेको छ । बैंकको ५३ औं वार्षिक उत्सवको अवसरमा २ जना असल निक्षेपकर्ता र २ जना असल ऋणीलाई सम्मान गरेको हो । शाखाले निक्षेपकर्ता शालिकराम सिग्देल, गंगा देवी ढकाल र कर्जा तर्फ इस्लामपुर ग्रील उद्योगका सञ्चालन अस्गर अली र नमस्ते पाल्पा होटल एण्ड रेष्टुरेण्टका सञ्चालक शिव पाण्डेलाई मायाँको चिनो सहित सम्मान गरेको छ ।

साथै सोही अवसरमा नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका रामपुर संवाददाता इमान सिं रानालाई पनि सम्मान गरिएको थियो । रामपुर क्षेत्रका वित्तिय संस्थाका प्रमुख तथा बैंकका नियमित ग्राहकहरुको उपस्थितिमा सम्मान गरिएको थियो । साथै वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक रामपुर शाखाका प्रवन्धक विशाल पौडेलले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि– २०७५, बैंकका व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वोरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशिलता कर्जा, दलित समुदाय विकाश कर्जा, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भुकम्प पिडितहरुको निजी आवाश निर्माण कर्जा लगाएतका विषयमा जानकारी गराएका थिए । पौडेलले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा पनि बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ००:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update