Shittalpati
पाल्पाका पत्रकारको कोरोना बीमा

पाल्पा । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिममा काम गरिरहेका पत्रकारहरुको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासघ पाल्पाले ८५ जना पत्रकारको कोरोना बीमा गरिदिएको हो ।

महासंघले तानसेन नगरपालिकाको सहयोगमा प्रतिपत्रकार एक लाखको कोरोना बीमा गराइदिएको छ । महासंघमा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि तानसेन नगरपालिकाले ८५ जनाको बीमा शुल्क तिर्न सबै आर्थिक सहयोग गरेको जानकारी दिँदै बीमाका लागि प्रतिव्यक्ति ६ सय तिरिएको महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले बताए । प्रतिव्यक्ति ६ सय मा सगरमाथा इन्स्युरेन्स कम्पनीसँग पत्रकार महासंघले पत्रकारको बीमा गराएको हो । दुई पटकसम्मको रिपोर्टमा कोभिड– १९ पोजेटिभ देखिएको अवस्थामा पत्रकारले एक लाख पाउने छन् । जोखिमको यस विषम अवस्थामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूति दिन नगर सरकारसँग सहकार्य गरिएको महासंघका उपाध्यक्ष भरत शर्माले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update