Shittalpati
चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत

गलकोट । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ५० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।

मृतक रिजालको परिवारलाई नगरप्रमुख जनकराज पौडेलले ५० रुपैयाँ हजारको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बागलुङ नगरपािलका–१३ का वडाध्यक्ष नारायण शर्मा लगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो । मृतकको परिवारलाई घरमै पुगेर नगरपालिकाले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको नगरप्रमुख पौडेलले जानकारी दिए । मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौँबाट घर आएका थिए ।

गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाजा खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरी अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो । –रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update