Shittalpati
काँग्रेस निस्दीले गर्‍यो कोरोना कोषमा रकम जम्मा

पाल्पा (रामपुर) । नेपाली काँग्रेस निस्दी गाउँ कार्यसमितिले निस्दी गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरेको छ । जिल्ला कार्यसमितिको कार्यक्रम अनुसार गाउँ कार्यसमितिले पनि कोरोना विरुद्धको अभियानमा सहयोगको लागि १६ हजार ५ सय १ रुपैयाँ सहयोग गरेको हो । जिल्ला कार्य समितिले सम्बन्धित पालिकामा सहयोग गर्न गाउँ तथा नगर कार्य समितिलाई आह्वान गरेको थियो ।

पालिकाले सनराईज बैंकमा स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गरेको नेपाली काँग्रेस निस्दी गाउँ कार्यसमितिका संयोजक शालिकराम पाण्डेले जानकारी दिए । पाण्डेले पार्टीका शुभेच्छुकहरु मार्फत रकम संकलन गरी कोषमा जम्मा गरेको बताए । काँग्रेसले सचेतना जगाउन तथा रोग विरुद्धको अभियानमा पार्टीले साथ दिने बताउँदै राहतका कार्यक्रमलाई निष्पक्ष र पादर्शिताको लागि कार्यान्वयन, अनुगमन र मूल्याड्ढनमा सर्वदलिय सहभागिताको समेत माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update