Shittalpati
पाल्पा रारा सहकारीद्वारा कोरोना विपद् कोषमा सहयोग

पाल्पा, बैशाख ५/ तानसेन नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) बिरुद्ध लड्नका लागि स्थापना गरेको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले राहत रकम सहयोग गरेको छ । सहकारीले राहत स्वरुप २५ हजार सहयोग गरेको हो । शुक्रबार सहकारीका अध्यक्ष जगदीश भट्टराईले नगर प्रमुख अशोक कुमार शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विरुद्धको लडाइमा नगरपालिकालाई साथ दिन राहत रकम सहयोग गरिएको सहकारीका अध्यक्ष भट्टराईले बताए । राहत रकम ग्रहण गर्दै नगर प्रमुख शाहीले विपद्का बेला सहकारीले देखाएको सहयोग र सद्भावको प्रशंसा गरे । उनले देशलाई परेको संकटको यो घडीमा सबै एक जुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update