Shittalpati
यामाहाले ल्यायो ‘भ्यालेन्टाइन डे’ योजना

पाल्पा,यामाहाले ‘भ्यालेन्टाइन डे’ को अवसरमा अत्यन्त आर्षक योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘की टू द गोल्डेन हार्ट’ योजना ल्याएको हो ।

फेब्रुअरी महिनालाई प्रेमको प्रतिक मानिने हुँदा प्रेम र आत्मियता मनाउँदै एक आकर्षक साप्ताहिक उपहार योजना ल्याएको कम्पनीले बताएको छ । यस योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याजदरमा बाइक÷स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्राप्त हुने छ । उक्त योजनामा एक लाखसम्मको क्यासब्याकको अफर समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ । लक्की ड्र मार्फत हरेक हप्ता बिजेता घोषणा गरिने यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एफजेड–एस एफआई भर्सन ३.०, एफजेड–एस एफआई भर्सन २.०, एफजेड एफआई भर्सन २.०, एसजेड–आरआर भर्सन २.०, सलुटो १२५ सीसी, रे जेडआर १२५ एफआई, फ्यासिनो १२५ एफआई र रे जेड ११३ सीसी मोडेल रहेका छन् । यो अफर यामाहा स्कुटरमा १–१७ फेब्रुअरी २०२३ सम्म मात्र लागु हुनेछ भने यामाहाको बाइकमा १९ जनवरी २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको छ । खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न (जुन पूर्ण रकमको २० प्रतिशत) सक्छ । यो अफर ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध रहेको छ । यो अफर यामाहा फाइनान्स, एम.ए.डब्लु इन्भेष्टमेन्ट प्रा. लि. द्वारा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update