Shittalpati
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

पाल्पा, कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ११ हजार ६ सय ३५ कित्ता संस्थापक शेयर माघ २२ गतेदेखि विक्रीमा ल्याएको हो ।

बैंकले सुरेश चन्द्र तायलको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ । अहिले कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले एकीकृत भई कारोबार गर्दै आएका छन् । मर्जरपछि,‘कुमारी बैंक लिमिटेड’का नामबाट अब यी दुवै बैंकको कारोबार भएको छ । नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता रहेको अवस्थामा बैंक मर्जर निकै सुखद र सकारात्मक कदम रहेको बैंकले जनाएको छ । कुमारी बैंकले यस मर्जरपछि विभिन्न तवरबाट सेवाग्राहीका लागि नवीनतम बैंकिङ उत्पादनहरू प्रस्तुत गर्नुका साथै आउँदा दिनहरूमा आकर्षक सुविधा पनि ल्याउने तयारी गरिरहेको छ । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । त्यस्तै, तीन सय ६ शाखा, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैंकिङ गरी चार सय १५ कार्यालय तथा तीन सय ४५ एटिएममार्फत सेवा दिने उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update