Shittalpati
महिला हिंसा अन्त्य गरौं

महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पुर्‍याउने कुनै पनि कार्य गर्नु हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुुर्‍याउने कार्य हिंसा हो । हिंसा कुनै व्यक्ति वा समुदायमार्फत अर्को कुनै व्यक्ति वा समुदायमा हुन सक्छ । यस्ता हिंसामा महिला बढी पीडित छन् । उनीहरुले समाजमा प्राचीनकालदेखि नै विभिन्न हिंसाको सामाना गर्नुपरेको छ । संस्कृति र परम्पराका नाममा युगौँदेखि महिलाहरू नै पीडित हुँदै आएका छन् । सतीप्रथा, देउकीप्रथा जस्ता केही कुपरम्पराबाट माथि उठे पनि महिलाको अवस्था अझै दयनीय नै छ । यो अत्यन्त दुखको कुुरा हो । आफ्नो पहिचान, आत्मसम्मान र स्वतन्त्र भई जीवन बाँच्न पाउनु महिलाको नैसर्गिक अधिकार हो । हिंसा कसैउपर पनि हुनु व्यक्तिको मानव अधिकारको हनन् हो । प्रत्येक व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो । पछिल्लो समय महिलामाथि हुने गरेका हिंसात्मक कार्यहरू दिन–प्रतिदिन बढ्दै गएको पाइन्छ । महिला माथि शोषण, दमन, यौन–दुव्र्यवहार र श्रमशोषण गर्न पाइँदैन, नारी–पुरुष समान हुन् भनेर आन्दोलन गरे पनि महिलाले हिंसाबाट मुक्ति पाउन सकेका छैनन् ।

हाम्रो समाजमा पुरुषले रक्सी खाएर श्रीमती र छोराछोरीलाई कुट्ने, पिट्ने र अप्रिय शब्दहरू बोल्ने गरेको पाइन्छ । यसले परिवारको बेइज्जत हुँदा महिलामा मानसिक असर पार्छ । कतिपय ग्रामीण भेगका महिलाहरूलाई बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने र बोक्सी भनेर समाजबाट बहिष्कार गर्नेजस्ता हिंसात्मक घटना हाम्रो समाजमा हुने गरेका छन् । बोक्सी भनी कसैलाई आरोप लगाउनु सामाजिक अपराध हो । यस्ता अपराधजन्य हिंसाहरुको अत्यन्त गर्नु आवश्यक छ। हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिलामाथि हुने हिंसाविरुद्ध दिवस मनाउने गरिन्छ तर त्यो औपचारिकतामा मात्र सिमिति बन्न पुुगेको छ । वास्तविक हिंसामा परेका महिलाहरुलाई यो दिवसले छुन सकेको छ । आजदेखि यो दिवस १६ दिने अभियानका रुपमा मनाइँदै छ । तर पनि हिंसामा परेका महिलाहरु यो दिवसप्रति बेखबर छन् । साच्चिकै महिला हिंसाविरुद्धको दिवस हो भने वास्तविक हिंसामा परेका महिलाहरुलाई अभियानमा समेटिनुुपर्छ । उनीहरुलाई अभियानमा समेट्दै आर्थिक र सामाजिक रूपमा सशक्त बनाउनुुपर्छ । यसो गर्न सके मात्र उनीहरूमाथि परिवार र समाजका सदस्यले गर्ने हिंसाको अन्त्य हुन सक्छ । तसर्थ, यसको रोकथामका हामी सबैको एक्यवद्धता हुन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update