Shittalpati
मित्रता दिवसको सन्दर्भ

आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । आफ्ना हितैषी मित्रहरुसँग एक आपसमा उपहार र शुभकामना आदान–प्रदान गरी मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो विश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ । पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस् र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उद्देश्य भनेको पनि साथीहरुसँग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनावबाट छुटकारा पाउनु हो ।

साथी वा मित्र कुनै व्यक्तिको साथमा रहने व्यक्ति हो । यो एक मनोवैज्ञानिक सम्बन्ध पनि हो । साथी–साथी वा एक अर्को व्यक्तिप्रतिको पारस्परिक आत्मीयता तथा मायाको सम्बन्धलाई मित्रता भन्दछन् । साथी भनेको आफ्नो हरेक दुख र सुखंंमा साथ दिने व्यक्ति हो । दुरीका हिसावले टाढा रहेका र साथीको सम्झनामा यो दिवस अत्यन्त महत्वपूर्ण हुन्छ । नेपालमा पनि युवापुस्ताले यो दिवसलाई आफ्नो साथीहरुसँगको सम्बन्ध अझै प्रगाढ बनाउनको लागि यो दिवस मनाउने गर्छन् । यो दिवसमा विशेषगरी मित्रताको प्रतिक स्वरुप साथीहरुको नाडीमा फ्रेन्डसिप ब्याड बाँधिदिने चलन रहेको छ । त्यसैगरि ‘फ्रेन्डसिप डे’को अवसरमा साथीहरु जमघट भएर पार्टी गर्ने, उपहार आदानप्रदान गर्ने पनि गरिन्छ । असल साथीको साथ पाउनु धेरै राम्रो कुरा हो । तर, सबै साथी असल हुन्छन् भन्ने हुँदैन । तसर्थ आजैको दिनदेखि असल साथी बनाउने प्रण गरौं । मित्रता दिवसको सबैमा शुभकामना !

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update