Shittalpati
गुरूको सधै सम्मान गरौं

आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी बुधबार गुरु पूर्णिमा मनाइएको छ । वैदिक धर्मग्रन्थ महाभारतकारचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुवा सरह मान्ने प्रचलन छ । यस दिन धेरैले गुरुप्रति सम्मान प्रकट गरेका छन् ।अज्ञानरुपी अन्धकारबाट ज्ञानतर्फ डोर्याउने गुरु र गुरुत्वको सम्मान र स्मरण गर्नु आफैमा राम्रो परम्परा हो । वैदिक सनातनी हुन् वा बौद्ध, इसाई वा इस्लाम सबैको जीवनमा गुरू र गुरूत्वको महत्व समान हुन्छ । उनीहरुकै कृपा र सहयोग भएमात्र मानवजातिले ज्ञान, सिप ग्रहण गर्दछ । त्यही ज्ञान र सिपका आधारमा जीवन गतिर व्यवहार सञ्चालन हुन्छ ।यसअर्थमा गुरू औपचारिक ज्ञान दिने मात्र होइन आफूभन्दा उमेर, ज्ञान,सिपर चेतनाले जो अघि छन् ती सबै गुरू हुन्। गुरूको पूजा भनेकै ज्ञानर सिपको पूजा हो। मानिसलाई ठीक– बेठीक, सत्य– असत्य, न्याय– अन्याय, प्राकृतिकर कृत्रिमको भेद सिकाउने चेतना नै गुरूत्व हो । त्यही चेतनाले हामीलाई प्रत्येक पाइलामा दिशानिर्देश गरिरहेको हुन्छ । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुत्वरहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुत्व सदैव उपस्थितरहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ । तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ । आफूलाई पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई गुरु पूर्णिमाका दिन मात्र होइन सधै सम्मान र स्मरण गर्ने गरौं ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update