Shittalpati
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?

दुर्गा प्रसाद अर्याल
मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन  । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन । समस्या आँखा अगाडि आई सके पछि यसको तयारीमा हतार–हतार लाग्ने र आलोचनान खेपी समस्या समाधानन गर्ने हाम्रो प्रवृित्तले यसमा पनि निरन्तरता पाएको देखिन्छ । विपद् व्यवस्थापनमा सक्रियता पूर्वक लाग्नु पर्ने निकाय सुस्त अवस्थामा रहनुले यसले कतै निकट समयमा भित्रन लागेको विपद्ले ठूलै धनजनको क्षति पुर्याउने हो की ? प्रश्नचिन्ह खडा गरेको छ नेपालीको मनमा । विपत्त प्राकृतिक कुरा हो । यसलाई रोक्न त हामीले पक्कै सक्दैनौ तर यसबाट निम्त्ने क्षतिलाई कम भने पक्कै गर्न सक्छौं । यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ ।

विपद् एक मानिसको कावु बाहिरको प्राकृतिक घटना हो । विपद् जाेिखमका कारणले नेपाल विश्वकै १६ औं स्थानमा रहेको तथ्याकं पाईने गर्दछ । आज भोली प्राकृतिक बाहेक मानव निर्मित कारणहरुले पनि विपद्का घटनामा वृद्धिभएको देखिन्छ । यस परिस्थितीमा जीउधनको सुरक्षा गर्न सकिने अवस्था मानिसको क्षमता बाहिरको कुरा वन्ने गर्दछ । भनिन्छ यस ब्ेला राम राम भन्न सकिन्छ तर काधथाम्न सकिने अवस्था भने रहँदैन । कहाँली लाग्दो नियन्त्रण बाहिरको अवस्था उत्पन्न हुने अवस्था हो यो ।

नेपालको जिडिपिमा महत्वपूर्ण योगदान दिने कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रमा करीब ४० प्रतिशत योगदान यस क्षेत्रको रहेको छ । वर्षात्को समय खेती लगाउने महिना यो समयले किसानलाई राहत दिने समय पनि हो । समयमै सबै तिर खेती लगाउन सकियो भने उत्पादनमा वृद्धि भई एकातिर मूल्यमा कमी आई गैर कृषक उपभोक्तालाई राहत दिन्छ भने नुनदेखि सुनसम्म आयत गर्ने हाम्रो देशको आयातको अशंमा कमी आउने अवसर पनि यसैले जुटाई दिने गर्दछ । त्यसैले समयमै वर्षात् हुनुलाई जलस्रोतको दोस्रो धनीदेश तर खेती गर्ने बेलामा आकासतर्फ हेर्ने किसानलाई राहतभने दिने गर्दछ । यस समयका फाइदासँगै बेफाइदा पनि उत्तीकै रहेकाले यहाँ दुवै पक्षको सामान्य चर्चा गर्न खोजिएको छ ।

चैत्रदेखि भाद्रसम्मको समय ग्रीश्मकालिन मनसुनको समय हो । यस समयमा नेपालमा ९० प्रतिशत वर्षात् हुने गर्दछ । यो समयमा परेको वर्षाले प्रत्येक वर्ष ठूलो धनजनको क्षती वेहोर्नु परेको छ । यसबाट तराईमा डुवान ,बाढी तथा नदीकटान, पहाडमा बाढीपहिरो तथा हिमालमा हिमपहिरो जस्ता प्राकृतिक विपद् उत्पन्न भई केही महिना सबै क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने गर्दछ । सरकारले विपद् तथा प्रकोप व्यवस्थापनका लागिरणनीति, मापदण्ड, मार्गदर्शन, निर्देशिका, ऐन तथा नियमहरु बनाएता पनि सबै प्रभाविहिन भएका घटनाहरु विगतमा देखिएको थियो अब पनि यस्तै नहोला भन्न सकिदैन । त्यसैले यस्तो नहोस् भन्नका लागि राज्यका निकायहरुलाई आजैदेखि केहि महिनाका लागि चुस्त दुरुस्त राख्नका लागि आवश्यक प्रबन्ध गर्नु आजको आवश्यकता हो । जलवायु परिवर्तनको कारण अतिवृष्टि, अनावृष्टि तथा खण्डवृष्टि देखिएको छ । यसैका कारण विभिन्न किसिमका प्रकोपहरु घटीरहेको देखिन्छ भने पर्याप्त पूर्व तयारीको अभावमा राज्यका निकायहरु अलमलमा परि धनजनको क्षतीलाई न्यूनिकरण गर्न सकेको देखिदैन । यसका साथै सिमित स्रोत साधनका कारण राहत तथा उद्धारको कार्यमा पनि चुस्त दुरुस्त पार्न सकिदैन । वास्तविक पिडितहरुको पहिचान, उद्धार र राहतको वितरणमा पनि समस्या देखिने गर्दछ । मौसमविद्धले यो वर्ष अन्य वर्ष भन्दा बढी वर्षा हुने प्रक्षपण गरी सकेका छन् । उनीहरुले भने जस्तै हुने हो भने यो वर्ष पनि हामीले विपद्को समस्या सामाना गर्नु पर्ने देखिन्छ भने यसको व्यवस्थापनको पूर्व तयारीमा लाग्नु पर्ने निकायहरु सुस्त अवस्थामा रहनुले फेरि विपद्पिडितहरु विचलीमा पर्ने त होइनन् प्रश्नचिन्ह उत्पन्न भने गराएको छ । सामान्यतया विपद् व्यवस्थापनमा निरोधात्मक र उपचरात्मक दुई विधिहरु अपनाउनु सान्दर्भिक जस्तो देखिन्छ । निरोधान्मक उपाय अन्तर्गत विपद् तथा प्रकोपको अवस्था आउन नै नदिनु हो । यस अन्तर्गत जोखिमयुक्त क्षेत्रका वस्तिको पहिचान गरी अन्य ठाँउमा स्थान्तरण गर्ने, नदी खोला किनारका वस्ति हटाउने, व्यवस्थित र वैज्ञानीक बसोबासका लागि आवश्यक व्यवस्था गर्ने, ग्रामिण तथा शहरी दुवै क्षेत्रमा निश्चित मापदण्ड बनाएर भौतिक पूर्वाधारहरुको निमार्ण गर्ने, विभिन्न किसिमका शिक्षा तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर नागरिकमा सचेतना गराउने जस्ता उपाय अवल्मन गरी विपद् तथा प्रकोपका घटनालाई कमी गराउन सकिने देखिन्छ ।

यस्तै गरी उपचरात्मक उपाय अन्र्तगत विपद्का घटनाघटी सके पछि धनजनको क्षतिलाई कमी गर्नका लागि अपनाउने उपायहरु पर्ने गर्द छन । उद्दार र राहतसँग सम्बन्धित पक्षहरु यस अन्तर्गत पर्ने गर्दछ । विपद्को वेलामा राज्यका निकायहरु सक्रियरुपमा लागि उद्दारमा कुनै कसुर बाँकी नराखी राज्य अभिभावको रुपमा रहेको महशुस नागरिकलाई बनाउन जरुरी देखिन्छ । यस बेला देशका कुनै पनि स्थानका नागरिक उद्दारको पखाईमा विचलीत नहुँने गरी तीन वटै तहका सरकारहरु सक्रियरुपमा लाग्नु पर्ने कुरालाई बढी जोड दिएको पाईन्छ । यसका लागि सैद्धान्तिक नितिनियमहरु बनाएर मात्र सरकारहरु उम्कीन पाउदैनन् । त्यसलाई व्यवहारीक रुप दिनका लागि आवश्यक समन्वयको भूमिका निर्भाह गर्नु पर्ने देखिन्छ । उद्दार मात्रै नभएर त्यस पछिका राहत तथा आवश्यक सहयोगको व्यवस्थाका लागि पनि छुट्टै संयन्त्र बनाउनु जरुरी देखिन्छ ।

समस्या आँखा अगाडि आई सके पछि उद्दार र राहतका कार्यको खोजि गर्ने हाम्रो विगतको अभ्यास अन्त्य अब हुनु पर्दछ । समस्याआई सकेपछि उद्दारमा सक्रिय रुपमा लाग्नु पर्ने अवस्थामा माथिल्लो निकायको निर्देशनको अभावमा अलमलमा परेको देखिन्छ । अब यस्तो हुनुहुँदैन । तीनै तहका सरकार तथा सम्वद्ध निकायहरु यसमा आवश्यक पूर्ण तयारीका साथ सक्रिय रुपमा लागि धनजनको क्षतीलाई न्यूनिकरण गरी नागरिकलाई सरकार भएको अनुभूति अब दिनु पर्दछ । आलोचना र व्यापक विरोध भएपछि सुन्ने र देख्ने राज्यका निकायहरु अब त्यसैको पखाईमा रहँनु हुँदैन । यो वर्ष विपद्का कारण ठूलो धनजनको क्षति नहोस्, नेपाली जनताको दैनिकी असहज र अस्त व्यस्त नहोस् साथै उद्दार तथा राहतमा कुनै कमी र अभाव नहोस् यहि कामना गरौ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update