Shittalpati
निपाह भाइरसको त्रास

कोभिड– १९ को माहामारीबाट हैरान खेपेको मानव समुदाय पुनः निपाह भाइरसको त्रासमा छ । यो भाइरसको स्वरूपका रुपमा देखा परेको छ । यो भाइरसका अघिल्ला स्वरूपभन्दा बढी संक्रामक र घातक देखिएको छ । यो भाइरस बढी संक्रामक पनि छ । निपाह भाइरस छिमेकी देश भारतको केरलामा देखिएको छ । र, यो कोरोना भाइरसका विभिन्न स्वरुपभन्दा बढी भयावह मानिएको छ । मानिसको रगतबाट सर्ने यो भाइरस बढी जोखिमपूर्ण हुने बताईएको छ । निपाह भाइरस भारतको केरलाबाट फैलिए पनि त्यो संक्रमण नेपालसम्म भइसकेको छ कि छैन थाहा हुन सकेको छैन । तर, उक्त भाइरसको स्वरूपबाट संक्रमित हुनबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालीलाई पनि सचेत गरिसकेको छ । निपाह भाइरस नेपालका लागि मात्र नभएर संसारकै लागि नितान्त नयाँ र बढी संक्रामक भाइरस हो । त्यसैले पनि यो भाइरसबाट विशेष सर्तक हुन आवश्यक छ । रोग लागेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिन उपयुक्त छ ।

निपाह भाइरस पहिलोपटक मलेसियामा सुंगुरपालक किसानहरूमा देखिएको थियो । सुंगुर र अन्य जीवबाट मानिसमा सरेको मानिने यो रोग तत्कालीन समयमा सुंगुर किसानहरूमा प्रकोपको रूपमा फैलिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार फल चमेरो, जसलाई फ्लाइङ फक्स पनि भन्ने गरिन्छ । निपाह भाइरस जनावरहरूको माध्यमबाट मानिसमा सर्ने गर्छ । तर, संक्रमण मुख्य रूपमा चमेरो वा सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्न सक्छ । पेट्रोपोडाइ परिवारका यी चमेराहरू फलफूल मन पराउने खालका हुने गर्छन् । खासगरी, यो जातका चमेराहरू फलफूलको रूखमा बस्ने हुँदा फलफूलका माध्यमबाट मानिसमा सर्ने अध्ययनले देखाएको छ । यो घातक संक्रमण नजिकको मानव सम्पर्कका माध्यमबाट पनि प्रसारित हुन सक्छ । कोरोना भाइरसजस्तै एक संक्रमितका माध्यमबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले यसलाई विश्व स्वास्थ्य संगठनले घातक रोगको सूचीमा राखेको हो । त्यसैले, निपाह भाइरसको स्वरूपबारे सबैले यथासमयमै जानकारी राख्नु र उक्त भाइरस सर्न नदिनु सबैभन्दा बढी बुद्धिमानी हुन्छ । यसका लागि सीमापारबाट आउने मानिसहरूसँगको भेटघाटमा बढी सतर्कता अपनाउनुपर्छ । यसका लागि तीनवटै तहका सरकारले समन्वयात्मक रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update