Shittalpati
अर्काको लागि कहिलेसम्म भरिया ?

                              प्रकाश नेपाल

केही दिन अघि सरकार ढल्यो । शेरबहादुर देउवाको नेतृत्वमा एमाले रहित सरकार बन्ने भयो भनेर सामाजिक संजालदेखि सडकसम्म निकै हल्ला चल्यो । यस लेखकलाई शेरबहादुर नबन्ने कुरामा प्रष्ट थियो । शेरबहादुर लाई भारतले पत्याउदैन भन्ने लागेको थियो । सरकारको नेतृत्व गर्नका लागि भारतिय दलाल नै बन्नु पर्दछ भन्ने प्रष्ट थियो । ओलीको विकल्पमा महन्थ ठाकुर वा बाबाुराम भट्टराई भन्ने थियो तर पछिल्लो समयमा भारत रअ को क्रियाशिलताको कारण र चिनीया दवावका कारण विभाजनको दोबाटोमा पुगेको नेकपा एमाले अलिकति पछाडी स¥यो । एकजना मेरो राजनैतिक गुरुसँग स्वास्थ्य अवस्थाको विषयमा फोन संवादको क्रममा गुरुले भन्नुभयो काँग्रेसलाई सबैले उपयोग गरेर स्वार्थसिद्ध गन्ने परिपाटीका कारण यस पटक काँग्रेसको नेतृत्वमा सरकार नबनेको हो । इतिहास खोतल्दै जादा यस्तै भेटियो । २००७ सालको क्रान्ती सफल भयो भनिन्छ तर राजा राणा ,र काँग्रेसको बिच दिल्ली साक्षी बसेर संझौता भएको हो । त्यस समयमा राणाले पनि राम्रोसँग प्रयोग ग¥यो पछि दरबारले प्रयोग ग¥यो । २००७ सालमा काँग्रेसको मुद्दा हो संविधान सभाको निर्वाचन । अन्ततः दरबारका कारण संविधान सभाको विकल्पमा २०१५ सालमा संसदीय निर्वाचन भयो । २०१७ सालमा राजा महेन्द्रले व्यवस्थाको अपहरण गरेपछि राजा कै प्रत्यक्ष शासन चल्यो । त्यस बखतमा राजासँग काँग्रेसको अन्तर संघर्ष चलेको थियो तर बैदेशिक हस्तक्षेप पनि दरबारलाई काँग्रेसले सघाउदै आयो

२०४७ सालको अवस्थामा एकलौटी रुपमा काँग्रेसलाई सरकार चलाउने अवसर थियो ४३ महिना गिरिजा प्रसाद कोइरालाले सरकारको नेतृत्व गरे । त्यस अवधिमा काँग्रेसका वर्तमान सभापति शेर बहादुर देउवा खुलेर सरकारको विरुद्धमा उत्रिए । त्यतिबेला देउवाका अनुयाई बनेर हाम्रा पाल्पाली संसद हरि प्रसाद नेपालले गिरिजा प्रसाद कोइरालाको विरुद्धमा अदालतमा उजुरी समेत दर्ता गरे । उनी पनि पार्टी नेतृत्व र सकारका विरुद्धमा नेकपा एमालेको हतियार बने त्यसले उनलाई भन्दा नेकपा एमालेलाई फाइदा भयो ।

२०५६ सालमा सम्पन्न संसदिय निर्वाचनले पुनः काँग्रेसलाई एकलौटी सरकार दिलायो सन्त नेता कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा सरकार बन्यो । उनी पनि २९६ दिन प्रधानमन्त्री भए । त्यस पछि पुनः सभापति कोइरालाको उदय भयो । त्यस बखत मुलुक द्धन्द्धले गर्दा साघुरिदै गएको थियो । कोइरालाका विरुद्धमा पुनः देउवा उदाउन लागे । त्यस पछिका दिनमा देउवालाई तत्कालिन समय विद्रोही माओवादी र दरबारले राम्रोंसँग प्रयोग गरे । उनी राम्रोसँग प्रयोग भए । अन्ततः देउवालाई पनि लामो समय सम्म सकारमा टिकी रहने अवसर आएन । जम्मा ५८ दिन पछि संसद विघटन गरी मध्यवधी निर्वाचनको घोषणा गर्न बाध्य भए । उनी सरकार चलाउन पनि नसक्ने चुनाव गराउन पनि नसक्ने भएपछि राजा ज्ञानेन्द्रले सत्ता च्युत नै गरे । देउवालाई दरबारले मात्र प्रयोग गरेन ।

नेकपा एमालेले पनि प्रयोग गर्ने अवसर पायो । २०६१ साल जेठ २१ गते प्रतिगमन विरुद्धको आन्दोलन छोडेर शेरबहादुरले नेतृत्व गरेको काँग्रेस रसिंगो एमालेले आधा प्रतिगमन सच्चियो भनेर पुनः देउवाको नेतृत्वमा सरकार बन्यो । त्यती खेर एउटा रोचक कुरा के भयो भने नेकपा एमालेका महा सचिव माधव कुमार नेपालाई मातृ वियोग परेको थियो । उनी आमाको क्रिया समेत नगरेर प्रधानमन्त्री बन्ने दौडमा लागे तर दरवारले देउवालाई प्रयोग गर्‍ यो । त्यस समयमा पनि देउवा दरवारको २४३ दिन मात्र हतियार बने ।

यसरी काँग्रेस अहिलेसम्म हतियार नै बनेको छ । पहिलो पटक गिरिजाले संविधान सभाको निर्वाचन गराए । कोइरालालाई त्यस समयमा माओवादीले राम्रोसँग उपयोग गर्‍ यो । त्यस पछि कोइरालाले राष्ट्रपति बन्ने सपना देखे । परन्तु उनलाई माओवादीले घेरा हाले । त्यती बेला उनी नराम्रोसँग चिप्लिए । उनी चिप्लिएका कारण काँग्रेस दोस्रो स्थानमा खुम्चियो । त्यस पछिका दिनमा गिरिजा प्रसाद कोइराला कहिल्यै चिप्लिएनन् । उनी मात्र होईन ? उनका उत्तराधिकारी शुशिल कोइराला पनि कहिल्यै चुकेनन् । ०७२ सालमा संविधान जारी गर्ने समयमा अन्तर्राष्ट्रिय दवाव नै आयो त्यसको कुनै प्रवाह नै नगरी संविधान जारी गरी नै छाडे । त्यसको परिणाम भारतले नाका बन्दी ग¥यो । यस्ता इतिहासदेखि वर्तमान समयको राजनैतिक घटना क्रममा शेरबहादुर देउवा बढी प्रयोग भएको भनेर औल्याउदा काँग्रेस मित्रहरुलाई चित्त दुख्न सक्दछ , घर परिवारमा घर मुली बदमास भए त्यसको अवजस परिवारका अन्य सदस्यले लिनु पर्दछ । यसै गरी घरमा बच्चाले बदमासी गर्‍ यो भने अभिभावकले जिम्मा लिनु पर्दछ । शेरबहादुर देउवाका कारण तलका कार्यकर्ताले अपजस लिनु परेको एथार्थ र सत्य हो ।

शेरबहादुर देउवालाई गत स्थानीय निर्वाचनमा चितवनमा पुष्पकमल दाहालले भरिया बनाए । संसदीय निर्वाचनमा फेरी राप्रपाको भरिया बने चितवनमा । गोर्खामा बाबुरामको बलियो भरिया भए । त्यहाँ मात्र होईन ? महन्थ ठाकुरको पनि बलियो भरिया भए । त्यसैको परिमाण नराम्रोसँग भोग्नु पर्‍ यो ।
काँग्रेसको सहयोगका कारण महन्थ ठाकुर विजय भएका हुन । सत्ता समिकरणको सवालमा भारतिय दलालहरुले नराम्रोसँग देउवालाई पछारे । उनी यसै गरी पछारिनका लागि अर्काको भर्‍ याङ बनेका हुन् । हुन त उनी कहिले पुष्पकमल दाहाल , माधब नेपाल, खड्क प्रसाद ओली , बिक्रम पाण्डेकोदेखि दरबारीयाको समेत बलियो र इमान्दारी भरिया बनेका छन् । त्यसरी भरिया भन्दा व्यक्ति गत रुपले फाइदा पुगे नपुगेको भन्दा पनि काँग्रेस लागि सस्थागत रुपमा नोक्सान नै भएको छ । त्यसले लोकतन्त्र , विधिको शासन , निष्ठाको राजनितिमा ग्रहण लगाई दिएको छ ।
इतिहासदेखि नै काँग्रेसलाई नियाल्दा के देखिन्छ भने जब जब काँग्रेस कमजोर हुन्छ तब–तब प्रतिगामी तत्व क्रियाशिल भएको छ । जस्तो अवस्थामा पनि काँग्रेसको भूमिका निर्णायक बनेको छ । काँग्रेसले निर्णय नगर्दासम्म गणतन्त्रात्मक शासन व्यवस्थाको निर्णय भएको होईन । अन्तर्राष्ट्रिय समुदायले पनि नेपालका कम्युनिष्ठहरुलाई विश्वास गर्दैनन् । ०७२ सालमा संविधान जारी भएपछि ओली सरकारको नेतृत्व गर्न आतुर भए । त्यसै समयमा भरतले नाका बन्दी गर्‍ यो । त्यसमा काँग्रेसले पनि ओलीको क्षमता गर्न सामान्य रुपमा विज्ञप्ति मात्र जारी गरेर औपचारिकता मात्र पुरा गर्‍ यो ।

पछिल्लो समयमा देउवा ओलीको भर्‍ याङ बनेर बसे, त्यस पछि माधव नेपाल, बाबुराम र महन्थ ठाकुरको त भरिया बने । तर सिधा प्रवृतिका देउवालाई के थाहा जुन काठको बोक्रा हो त्यही काठमा लाग्दछ भनेर । अन्तिममा भारतिय दलाल एकै ठाउँ हुन्छन् भन्ने अनविज्ञ हुँदा फेरी प्रधानमन्त्री बन्न लगाउला न भनेर सिलाएको दौरा सुरुवालले नै पालो नपाएको सत्य हो ।

(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update