Shittalpati
आज तानसेनमा बजाजको फ्रि सर्भिस क्याम्प हुँदै

पाल्पा । पाल्पाको तानसेनमा रहेको भैरव अटोमोटिभ्सले आजदेखि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेकोे छ । तानसेनका लागि बजाज मोटरसाईकलको एकमात्र आधिकारिक विक्रेता भैरव अटोमोटिभ्सले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनज गर्दै आइतबार र सोमबारका लागि फ्रि सर्भिस क्याम्प सञ्चालन गर्न लागेको हो । क्याम्पमा सर्भिसिङ चार्जमा ५० प्रतिशत, इञ्जिन ओईलमा १५ प्रतिशत र बजाज मोटरसाईकल स्पेयर पार्टमा १० प्रतिशत छुट दिईने अटोमोटिभ्सका सञ्चालक नविन खड्काले बताए । क्याम्प तानसेन सिल्खानटोलस्थित शिक्षा कार्यालय नजिकै रहेको सोरुममा सञ्चालन हुने छ । विहान ८ बजेदेखि ६ः३० बजेसम्म क्याम्पस सञ्चालन हुने सञ्चालक खड्काले जानकारी दिए ।

ग्राहकको रोजाई बजाज

नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ । मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ । कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म मोटरसाइकल नभइ नहुने भइसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ । नेपाली बजारमा धेरै कम्पनीका मोटरसाइकलहरु बजारमा आएका छन् । कम्पनीहरुको भिडमा बजाजले आफ्नो छुट्टै क्रेज बनाएको छ । युवादेखि वृद्धसम्म सबैको रोजाइमा बजाज मोटरसाइकल पर्ने गरेको छ । नेपालमा बजाजका मोटरसाइकल लोकप्रिय रहेका छन् । बजाजले विभिन्न आर्थिक स्तर भएका र विभिन्न रुचि भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ । जसले गर्दा सबैको रोजाई बजाज बन्न पुगेको हो ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update