Shittalpati
खतरामुक्त छैन, लोकतन्त्र

नेपालको भू–राजनैतिक तरलतासँगै शुक्रबार प्रचण्ड–नेपाल पक्षका तर्फबाट राजधानी काठमाडौंमा भएका प्रर्दशन र विरोध सभाले बालुवाटारको कञ्चड तातेको महशुस भएको छ । ओलीले नेकपाभित्र आफ्नो बाहेक अरुको चल्दैन भन्ने भ्रमपूर्ण अभिव्यक्ति दिइरहने प्रवृतिको केही हद्सम्म भण्डाफोर भएको अड्कल गर्न सकिन्छ । अब नेपाली जनताले न्यायको ढोका खुल्ने विश्वास पर्खेर बसेका बेला शुक्रबारको राजधानी नै तताउने खालको उपस्थितिले ओली दम्वले पनि खुम्चिनुपर्ने अवस्था आएको महशुस पनि गराएको हुनुपर्छ । यति हुँदा पनि ओली सच्चिएनन् भने, भीरको गोरु... रामराम भन्ने बाहेक केही पनि विकल्प बाँकी रहदैन । यसको अर्थ माधव–प्रचण्ड असल तर ओली खराब भन्ने तर्कले प्रशय पाउँनुपर्छ भन्ने पनि होइन । यहाँ सत्ता र शक्तिका लागि ओली, प्रचण्ड, माधव, झलनाथ सबै जनालाई तुलामा राखेर तौलियो भने कुनै पनि फरक छैनन् । तर वर्तमान अवस्थामा भएका गतिविधि र राजनैतिक उथलपुथलको अवस्थामा ओलीका निर्णयहरुका कारण उनी अलोकप्रिय भएका हुन् ।

सिङ्गो नेकपा भित्रको समीकरण र मोर्चावन्दी आफैमा इतिहासकै पानामा गलत र अप्राकृतिक थियो तर त्यसलाई नबुझेर क्षणिक सत्ता स्वार्थका लागि कृतिम सफलता भनेर दिगभ्रमित गर्ने कार्य बाहेक केही पनि भएका थिएनन् । ओली माथि लागेका आरोप सत्ता र शक्तिको प्रतिविम्व हुन भने नेकपामा अरु नेता माथिको आरोप सत्ताको मजा लिन नपाएका राँग अनि अलाप विलाप बाहेक केही पनि होइनन् । नेपाली जनताका लागि लोकतन्त्र प्रतिको आस्था र विश्वास माथि अविश्वसनीय वातावरण निर्माण गर्ने कार्यमा यी हुर्मतहरुले सहयोग गरेका छन् । लोकतन्त्रमा हुर्मत आउने जाने बाटाहरुलाई स्वच्छ र अविछिन्न आधारभूत मूल्य र मान्यतालाई बुझ्ने प्रयास भएन भने प्राप्त उपलब्धी गुम्न सक्ने खतरनाक नायकहरु पनि सिङ्गारपटार गरेर अगाडि आएका छन् । त्यसकारण यी सबै समस्याको दिगो समाधान नै राजनैतिक स्थिरता हो, त्यो कहाँबाट कसरी प्राप्त गर्ने भन्ने कुरा सबैलाई चेतना भया ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update