गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
विचार
भूकम्प सुरक्षा दिवसको सार्थकता

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ शुक्रबार २३ औं भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सन् १९९९ देखि नेपाली क्यालेण्डर अनुसार वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झानामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको पाइन्छ । समान्यतया सप्ताहव्यापी रुपमा मनाइने यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार हरेक वर्षको १५ वा १६ जनवरीको दिन पर्दछ । सरकारले २० वर्ष अघि देखि हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस काठमाडौं उपत्यका र केही शहरहरुमा मात्र सीमिति थियो तर वि.सं. २०७२ को भूकम्प पश्चात यो दिवस हरेक जिल्लाको सदरमुकाममा विभिन्न गतिविधिहरु गरेर मनाउन थालिएको छ ।
०७२ साल वैशाखमा गएको विनासकारी भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणको क्रम अहिले पनि जारी रहेको सन्दर्भमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको आफ्नै महत्व छ । भूकम्पबाट हुने क्षति तथा क्षतिबाट बच्ने उपायबारे व्यापक जनचेतना अभिवृद्धि गराउनु र भूकम्पको क्षति पछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने विश्वास जनतालाई दिलाउन सके मात्र भूकम्प सुरक्षा दिवसको सार्थकता रहन्छ । तर, २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा यी दुवै कुराको सार्थकता देखिएन । कयौं पटकसम्म राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाई सकिएपछि ०७२ साल वैशाखमा विनासकारी भूकम्पमा गएको थियो । उक्त भूकम्पमा करिब ९ हजारको मृत्यु भएको र २२ हजार घाइते भएको सरकारी तथ्यांक छ । यदी भूकम्पको सुरक्षा सतर्कताबारे जनतालाई सुसूचित गराउन सकिएको भए त्यति ठूलो जनको क्षति हुने थिएन । यसैगरी, भूकम्पपछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने सन्देश जान सकिरहेको छैन । भूकम्प उत्थानशील समुदायको निर्माण गर्न सहयोग गर्ने हेतुले वर्षैपिच्छे यो दिवस राष्ट्रव्यापी रुपमा बनाउने गरिन्छ । तर यो दिवस मनाएर दुर दराजमा रहेका व्यक्ति र समुदायले के सिके र तिनको व्यवहारमा के परिवर्तन भयो भन्ने बारे कहि कतै उल्लेख भएको पाइदैन । दिवस मनाउनकै लागि मात्र सरकारी अधिकारी, गैरसरकारी संस्थाका कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ता सहभागी भएर मनाउनु मात्रको कुनै अर्थ छैन । यो दिवस त स्थानीय निकायको अगुवाइमा गाउँ–गाउँमा र विद्यालयमा पुगेर भूकम्पबाट सुरक्षित हुने ज्ञान दिन सके राम्रो हुन्छ ।
यसो गरे मात्र वास्तवमा दिवस मनाउनुको सार्थकता रहन्छ ।
थप समाचार
विचार
Follow Us
View our latest news on any of these social networks!