Shittalpati
खोपमा ढिलासुस्ती नगरौं

विश्वभर फैलिएको कोरोना महामारीको प्रकोप अझै पनि कायम नै छ । एक वर्षअघि चीनको वुहान सहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । यस अवधिमा विश्वका कतिपय मुलुकहरुले कोभिड–१९ को खोप लगाउन सुरू गरिसकेका छन् । बेलायत, जर्मनी र फ्रान्स लगायतका युरोपका देशहरुमा कोरोना महाव्याधिको दोस्रो लहरसँग जुध्न कडाइका साथ स्वास्थ्य सतर्कता अपनाइएको छ । नेपालमा भने अहिलेसम्म पनि कोरोनासँग लड्न सक्ने क्षमताको विकास गर्न सकिएको छैन । अरु देशहरुमा खोप तयार गरी मानिसको शरीरमा पर्न थालेको अवस्था छ । नेपालमा भने सरकारले तयारी भइरहेको बताएको भएपनि अहिलेसम्म पनि त्यसले सार्थकता पाउन सकेको छैन । त्यसमा सरकार चुक्दै गएको छ । यो दुःखद् पक्ष हो । यो खोप प्राप्तिका लागि सरकारले अहिलेसम्म खास पहल गरेको देखिदैन । कुरा भएपनि काम भने हुन सकेको छैन् । खोप ल्याउनका लागि पहिलो काम भनेको निर्माता कम्पनीसँग खरिद सम्झौता हुनुपर्ने हो । तर अहिलेसम्म त्यसो हुन सकिरहेको छैन ।

विश्वभर खरिदकै लागि प्रतिस्पर्धा भइरहेको अवस्थामा सरकार भने अनुदानमा र खरिद नै गर्नुपरे पनि सरकारमार्फत गर्ने भनी बसिरहेको अवस्था छ । जसले गर्दा नेपालमा तत्कालै खोप लिन सकिन्छ भन्नेमा शंका उत्पन्न भएको छ । यही अवस्था कायम रहेमा अझै एक/डेढ वर्षअघि खोप पाइने अपेक्षा गर्नु व्यर्थ हुनेछ । खोपका लागि बजेटको व्यवस्था समेत सरकारले गरेको प्राप्त प्रमाणहरु नै छैनन् । यो अत्यन्त लजास्पदको विषय हो । सरकारलाई कोरोना संक्रमणको अवस्था भयानाक भएको कुरा जानकारी नभएको होइन । तर भरपर्दो रूपले पहल गर्नुको साटो कामभन्दा कुरा मात्रै गरेर समय खेर फालिरहेको छ । यो सरासर जनता माथिको धोका हो । जनताको अभिभावकको रुपमा रहेको सरकार नै जनताको स्वास्थ्य माथि नै वेवास्त गर्नु गलत हो । अहिले त कति खोपले सफलतापूर्वक परीक्षण चरण सकाएर कैयौं मुलुकबाट प्रयोगको अनुमति पाइसकेका छन् । यो बेला पनि नेपाल आफूलाई चाहिने खोप माग गर्नका लागि अलमल गरिरहेको छ । अब छिटो भन्दा छिटो सरकारले खोपको व्यवस्था गर्न तर्फ ढिलासुस्ती गर्नु हुँदैन ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update