Shittalpati
खेलले चाहेको लोकतान्त्रिकरण

खेलको सुरुवात र विकासको ठ्याक्कै तिथि मिति आजसम्म कसैसँग छैन् किन भने खेलको अहिले स्वरुप त्यस बेला थिएन । समय कालसंगै खेलमा पनि विभिन्न परिवर्तन हुँदै आजको अवस्थामा आईपुगेको हो । खेल ई.सं. १८९६ अधि ३ हजार ईसापूर्वबाट शुरुवात भएको थियो भन्ने गरिन्छ । ईसापूर्व ७७६ मा दौड, भाला हान्ने, रथ दौडाउने, कुस्ती जस्ता युद्वमा आवश्यक पर्ने खालका खेल समावेश भएको प्रथम पहिलो ओलम्पिक प्रतियोगिता सञ्चालन भएको थियो भन्ने इतिहासकारहरु बताउँछन् । तत्कालिन अवस्थामा विश्व साम्रज्यवाद निर्माणको होडमा थियो । सो अवस्थामा आफ्ना सैनिकहरुलाई तन्दुरुस्त र सक्षम राख्नका लागि खेल नै उत्तम विकल्प थियो । सैनिकहरु पनि खेलाडीका माध्यमद्वारा खेलमा हुने मनोरञ्जनसंगै युद्वमा पार·त हुँदै गए । आधुनिक र व्यवस्थित खेलको आयोजना भने ई.सं. १८९६ मा ग्रीस देशको एथेन्स सहरमा भएको थियो । उक्त खेलमा १३ राष्ट्रका २८० खेलाडीहरु ४३ विधाका खेल प्रतियोगितामा सहभागी भएका थिए, जसलाई ई.सं. १९९४ देखि गर्मी र ग्रीष्म कालिन गरी २ ओलम्पिक खेलको रुपमा विभाजित गरी हालसम्म पनि सञ्चानलमा छ ।

ओलम्पिक खेल आयोजना नै विश्वको सबभन्दा ठूलो, सबै भन्दा धेरै विद्या, सबैभन्दा धेरै देश र खेलाडी सहभागी हुने खेल प्रतियोगिता हो । खेलमा सहभागिता र खेल सञ्चालनमा भव्यताका लागि विश्वका राष्ट्रहरु आफ्नो प्रतिष्ठा सम्झन् छन् र सोका लागि प्रतियोगिता सञ्चालनार्थ विश्व होडमा छन् । ओलम्पिकमा जस्तै धेरै विधा समावेस गरेर विभिन्न महादेशिय स्तर, महादेशिय स्तरमा पनि वर्गिकरण सहितका स्तर तथा अन्य विभिन्न स्तरमा साथै एकल विधाका पनि सोही स्तरमा प्रतियोगिता हुने गर्दछ । नेपालमा पनि खेलहरु सैनिक अभ्यास र मनोरञ्जनकै रुपमा शुरुवात भएको हो । ओलम्पिक प्रतियोगिता पछि पनि खेल नेपालका दरवारीया, सैनिक र संभ्रान्त परिवारमा नै सिमित रहन गयो । बाहिर बसि हेरिरहेका सर्वसाधरणले खेलमा हुने रौनकता र रोचकताबाट जनस्तरमा पनि विभिन्न खालका आधुनिक खेल खेल्न स्वस्फुर्त रुपमा शुरुवात भयो र स्थानीयस्तरमा पनि राम्रा खेलाडीहरु जन्मन थाले । फलस्वरुप स्थानीय स्तरमा प्रतियोगिताहरु सञ्चालन हुन थाल्यो । युवा तथा खेलकुद विकास मन्त्रालयको मातहतमा स्थापित नेपालको खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले २०१६ सालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना ग¥यो । नेपालमा विभिन्न स्तरमा वर्गीकरण सहितका बहु विद्या र एकल विधाका प्रतियोगिता सञ्चालन हुँदै आई रहेको छ । राष्ट्रिय खेलकुद परिषदमा १ सय २३ भन्दा बढि खेलसंग आवद्ध संस्था र ६ वटा विशेष विशेषताका आधारमा स्थापना भएका संघहरु छन् । नेपालको राष्ट्रिय खेल भलिवल हो । नेपालमा सञ्चालन हुने विश्वस्तरको प्रतियोगितामा हात्ती पोलो हो । नेपालमा खेलको जनस्तरमा जति लोकप्रियता छ त्यति नै यसको विकासमा राष्ट्रबाट उपेक्षित पनि । नेपाली खेलाडी त झन राष्ट्रद्वारा अतिनै उपेक्षित छन् भन्दा अत्युक्ति नहोला । देशको राजनैतिक अस्थिरताले पनि खेल क्षेत्रलाई नराम्ररी प्रभावित ग¥यो । नेपालमा खेलको शुरुवातदेखि हालसम्म पनि देश हाक्ने राजनैतिक शक्तिहरुमा खेलको विकास कहिल्यै प्राथमिकतामा परेन भन्दा गलत नठहरीएला । राष्ट्रद्वारा उपेक्षित ती खेलाडीहरु आफ्नो एक मात्र जीवन कालका उर्वर समय खेलमा होमिदिएका हुन्छन् । गौरव पूर्ण पूर्वरार्थ नेपाली खेलाडीहरुको उत्तरार्ध भने अत्यन्त दयनीय रहँदै आएको छ । देशको क्षेत्रफल, जनसंख्या, राष्ट्रिय सहयोग तथा प्रोस्ताहन विश्वका अन्य राष्ट्रसँगको तुलनामा अत्यन्तै सानो र न्यून रहेता पनि नेपाली खेलाडीले विभिन्न खेल प्रतियोगितामा ऐतिहासिक सफलता प्राप्त स्विकार्नु पर्दछ । राष्ट्र तथा आफ्ना क्षेत्रका तर्फबाट प्रतियोगितामा सफलता हासिल गरेका कतिपय होनहार खेलाडी विश्वका विभिन्न मुलुक तथा स्वदेशकै श्रम सागरमा एक साधारण श्रमिकको रुपमा उत्तरार्धको जीवन व्यतित गरी रहेको तितो यथार्थ सुन्दा हाम्रा आखाँ रसाउँछ । विश्व खेलमञ्चमा चमत्कारी प्रस्तुतीबाट प्राप्त सफलतालाई देशका सरोकार वालाहरुको आडम्बरी भव्य स्वागत, नगर परिक्रमा तथा धनराशिका राष्ट्रिय पुरास्कारको घोषणा गर्दछन् र खेल विकासको दायित्वबाट पञ्छीएको भए पनि सो सफलताको अभिभावकत्व जनता सामु ग्रहण गर्दछन् तर उक्त धनराशिका राष्ट्रिय पुरास्कार प्राप्त गर्न तिनै किर्तिमानी खेलाडीहरुले खेल मैदानमा गरेको खेल संघर्ष भन्दा पनि कठिनताका साथ बर्षौ पछि मात्र प्राप्त गर्न सफल हुन्छन् ।

नेपालको खेलले पनि आफ्नो विभिन्न संघर्षका आरोह अवरोह पार गर्दै हालसम्म पनि संघर्षरत अवस्थामा नै छ । विगत केही वर्षबाट भने खेल, खेलाडीहरु र खेलकर्मीहरुमा झिनो आशा पलाएको हामीले महशुस गरेका छौं । राष्ट्रको करिव एक तिहाई युवालाई आकर्षित गर्ने खेल राजनैतिक संस्थाका सञ्चालकबाट किन उपेक्षित छन् भन्ने कुरा आश्चर्यकै विषय हो भन्न म रुचाउछु । फलस्वरुप हालसम्म पनि खेलसंग असम्वन्धित व्यक्तिहरु नै हावी रहेकाले प्रमाणित गर्दछ । देशमा आएको परिवर्तनबाट देशकै पुनःसंरचना भई रहंदा पनि किन खेल क्षेत्र यसबाट बञ्चित हुन गयो भन्ने कुरा खेलाडी र खेलकर्मीका मनमा खेलि रहने सामुहिक प्रश्न हुन् । खेल स्वास्थ्यका लागि हो र खेल राष्ट्रका लागि पनि हो भन्ने कुरा राष्ट्रिय खेलकुद परिषदको नाराबाट पनि प्रमाणित हुन्छ । देशका एक तिहाई युवाहरुमा खेलद्वारा स्वस्थ्य, अनुसाशित, प्रतिस्पर्धि क्षमता विकास गर्दछ । खेलको माध्यमबाट नै युवाहरुलाई सकरात्मक तथा सिर्जनशिल कार्यमा उत्प्रेरित गर्न सकिन्छ । खेलकुदद्वारा यूवाहरुलाई समाजमा रहेको विकृति हटाउनुका साथै खेल कै माध्यमबाट देश भक्त युवाहरुलाई देशको विकासको मुल प्रवाहमा समाहित गर्न सकिन्छ । देशको पुनःसंरचाना भए जस्तै अब राष्ट्रिय खेलकुद परिषदको पनि लोकतान्त्रिक परिवर्तनका साथ प्रदेशिय समेतको सहभागितामा संरचना निर्माण गर्नु पनि लोकतान्त्रिक आवश्यकता हो भन्ने लागेको छ । नेपाली खेलाडीको पिर मर्का खेलाडीले नै धेरै महसुस गर्न सक्छ भन्ने मान्यताका आधारमा राजनैतिक पृष्ठभूमी भन्दा पनि उठेर खेल विकासको पृष्ठभूमी हेरिनु पर्छ भन्ने कुरा लोकतान्त्रिक मान्यता पनि हो । राष्ट्रिय खेलकुद परिषदमा कम्तिमा ७ प्रदेशका सात जना प्रादेशिक प्रतिनिधि समेतलाई समावेश गरि परिषदको संरचना बनाउनु लोकतान्त्रिक आवश्यकता पनि हो । देशको भू–बनोट, खेलाडीको शारीरिक बनोट र क्षमतालाई ध्यान दिने हो भने हाम्रा खेलाडीहरु खेलका लागि अनुकुल देखिन्छन् । आफ्नै प्रयासमा पनि नेपाली खेलाडीहरु विश्व किर्तिमान कायम गरेबाट सो कुराको पुष्टि पनि हुन्छ । यस्ता किर्तिमानी जन्मने भूमिमा राष्ट्रबाट सकरात्कम प्रयास रहे विश्व खेल मञ्चमा हाम्रा खेलाडीले किर्तिमानका किर्तिमानीहरुको उन्माद ल्याउन सक्नेमा विश्वस्त छु ।

सम्भावित संस्थागत संरचना ः नेपालको परिप्रेक्ष्यमा अहिले ठिक समय हो भन्ने लागेर यो पड्ढतीकारले अबको गणतान्त्रिक राष्ट्रिय खेलकुद परिषददेखि स्थानीय निकायसम्मको संरचना निर्माणमा आफ्नो विचार व्यक्त गरेको हो । यस लेखले नेपालको खेल विकासका लागि सर्वप्रथम संस्थागत विकास र संस्थागत संरचना लोकतान्त्रीकरण हुनुपर्छ भन्ने कुरामा जोड दिन खोजिएको हो । पहिलो चरणमा बिभिन्न खेल विधाका प्रतिनिधित्व हुने पृष्ठभूमीका भूतपूर्व खेलाडी एवं खेलकर्मी, व्यवसायिक घरानाका खेलप्रेमी व्यक्ति, समाजमा प्रतिष्ठित खेलप्रेमी व्यक्तित्व समेतको सहभागितामा पालिका स्तरीय खेलकुद विकास समितिको निर्माण गर्ने । दोश्रो चरणमा पालिका स्तरीय खेल समितिका प्रतिनिधि, विभिन्न खेल विधाका प्रतिनिधित्व हुने पृष्ठभूमीका भूतपूर्व खेलाडी एवं खेलकर्मी, व्यवसायिक घरानाका खेलप्रेमी व्यक्ति, समाजमा प्रतिष्ठित खेलप्रेमी व्यक्तित्व समेतको जिल्ला स्तरीय खेलकुद विकास समिति गठन गर्ने । तेश्रो चरणमा जिल्लाका अध्यक्षहरुका साथै प्रदेशका विभिन्न खेल विधाका प्रतिनिधित्व हुने पृष्ठभूमीका भूतपूर्व खेलाडी एवं खेल कर्मी, व्यवसायिक घरानाका खेलप्रेमी व्यक्ति, समाजमा प्रतिष्ठित खेलप्रेमी व्यक्तित्व समेत समावेश रहेको प्रदेशस्तरीय खेलकुद विकास समिति गठन गर्ने । चौथो चरणमा ७ प्रदेशका प्रतिनिधि, विभिन्न खेल विधाका प्रतिनिधित्व हुने पृष्ठभूमीका भूतपूर्व राष्ट्रिय खेलाडी एवं खेलकर्मी, व्यवसायिक घरानाका खेलप्रेमी व्यक्ति, समाजमा प्रतिष्ठित खेलप्रेमी व्यक्तित्व समेत समावेश रहेको राष्ट्रिय खेलकुद परिषदको निर्माण गर्दा परिषदको कार्यदक्षतामा अभिवृद्धी हुन जान्छ जसको परिणाम खेलाडीले खेल मैदानमा आफ्नो प्रतिभाबाट प्रमाणित गर्ने छ ।

संभावित खेलाडी संरचना : उपरोक्त संभावित संस्थागत (पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय) संरचना कै अधिनमा रहने गरी स्थानीय तह देखी राष्ट्रियस्तर सम्मको विभिन्न विद्याका खेलाडीहरुको घोषणा गरी संस्थागत स्तरीय खेलाडीको निर्माण गर्ने । यसो गर्नाले खेलाडीहरु आफूलाई उपल्लो तहको खेलाडीका रुपमा प्रस्तुत गर्नका लागि खेललाई प्राथमिकता दिने छ । खेलमा प्रतिस्पर्धाको क्षमता अभिवृद्धीका कारण खेलाडीको क्षमता पनि अभिवृद्धि हुन जाने छ । संस्थागत संरचनामा समावेश हुन सफल खेलाडीहरुलाई संस्थाको (पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय) क्षमता अनुसार सुविधाको व्यवस्था गर्न सकिएको खण्डमा क्षमता अभिवृद्धिमा अझ प्रभावकारी हुनेछ । स्थानीय तहदेखि नै स्थापना गरिएको खेलकुद विकास समितिलाई आर्थिक सहयोगका साथै संस्थागत आँच नआउने गरी आर्थिक व्यवस्थापनका लागि निति नियम बनाउन सके समितिहरु स्वाबलम्वी भई खेल विकासमा निरन्तरता मिल्ने छ । राष्ट्रियदेखि स्थानीय स्तरका खेलाडीहरुको वर्गिकरण गरी संस्थाद्वारा दिन सक्ने सुविधाका बारेमा उल्लेख गर्न सकिएको खण्डमा खेलाडीमा हौसला तथा प्रोत्साहन मिल्ने छ । खेलेर पनि जिविकोपार्जन हुन सक्छ भन्ने कुरा जनमानसमा पुग्छ फलस्वरुप अभिभावकहरु आप्mना सन्तानको भविष्य खेलमा पनि छ भन्ने कुरा बुझी खेल प्रति अभिप्रेरित गर्ने छन् । खेल स्वास्थ्यको लागि हो, खेल राष्ट्रको लागि हो, राष्ट्र लागि खेल आवश्यक हो, यससँग राष्ट्र राष्ट्रिय गौरव गांसिएको छ भन्ने कुरा यदि सास्वत लाग्दैन भने हालसम्म जसरी चलेको छ त्यसरी नै चल्न दिदा पनि हुन्छ तर युवाहरुलाई सो बारेमा राष्ट्रिय खेलकुद परिषद तथा अन्य खेल सम्बन्धी संघ तथा संस्थाले आधिकारीक धारणा दिनु जरुरी ठान्दछु ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update