Shittalpati
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण

तेजनारायण ढकाल

साहित्य भनेको मानविय अनुभूतिको भाषिक प्रकाशनलाई बुझ्नु पर्दछ । साहित्यका रुप र अन्तर वस्तु गरी दुई वटा पक्षहरु हुन्छन् । कलाको सामान्य अर्थ सिर्जना हो भने व्यापक अर्थमा मानव निर्मित र सिर्जित जे जति चिजहरु छन् ती सबै कला हुन् । कलात्मक कार्यले जीवन र जगतलाई सौन्दर्य बोध गराउँछ । संस्कृति भन्नाले मानव समाजको समग्र व्यवहारलाई बुझ्नु पर्दछ । मानव समाजको विकास क्रममा मानिसले गरेका श्रम कार्य र त्यसको समग्र परिणामलाई संस्कृति भन्न सकिन्छ । क्रिस्टोफर कडवेलका अनुसार कला दुई प्रकारका हुन्छन् । ती हुन् १) ध्वनीमूलक कला २) दुश्यमूलक कला ।

ध्वनीमूलक कलामा गीत, संगीत, कविता, गजल आदि पर्दछन् । वास्तवमा भन्ने हो भने मानव समाजको उषाकालदेखि नै श्रमको प्रक्रियामा संलग्न मानवीय क्रियाकलापहरुबाट कलाको उत्पत्ति भएको भन्ने बुझिन्छ । साहित्य,कला र संस्कृतिका बिचमा अन्यो न्याश्रित सम्बन्ध रहेको हुन्छ । यिनीहरुको सम्बन्ध समाज र राजनीतिसँग रहन गएको हुन्छ । समाज र राजनीतिभन्दा पृथक साहित्य, कला र संस्कृतिको अस्तित्व सम्भव रहँदैन । फायरबाख्रको दर्शनमा निहित द्वन्द्ववादी सारतत्वको संयोजन गरी कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोण÷दर्शनको प्रतिपादन गर्नुभयो । प्रतिपक्षहरुको एकत्व र संघर्ष, निषेधको निषेध नियम तथा मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन हुनु द्वन्दात्मक भौतिकवादका आधारभूत नियमहरु हुन् । माक्र्सवादी दृष्टिकोणले संसारलाई सही ढंगबाट परिवर्तनका दिशातर्फ उन्मूख गरिरहेको हुन्छ । माक्र्सवादी दर्शनलाई अझ बढी समृद्ध र व्यापक पार्ने तथा व्यवहारमै लागु गर्ने सन्दर्भमा लेनिन, स्टालिन र माओत्सेतु·को अतुलनीय योगदान रहेको कुरा दिनको घाम झै छर्ल· स्पष्ट छ । साहित्य, कला र संस्कृतिको स्रोत समाज भएकाले समाजमा दुई खाले मानिसहरु बसोबास गर्द छन् । अर्थात दुई वर्गमा समाज विभाजित छ । सर्वहारा वर्र्गर पूँजी पतिवर्ग । सर्वहारावादी साहित्य, कला र संस्कृतिको विकास रुसबाट भएको मान्न सकिन्छ । यो समाजवादी साहित्य, कला र संस्कृति हो । समाजवादी साहित्य र कलाले क्रान्तिकारी रोमाञ्चवादलाई समेत आत्मसाथ गर्दछ । क.स्टालिनको भनाइ अनुसार साहित्यकार र कलाकारहरु मानव आत्माका इञ्जिनियर हुन् ।

माक्सिमगोर्कीको भनाइ अनुसार मानवीय जीवनलाई सिर्जनात्मक बनाउने, मान्छेको जीवनलाई सुखी, स्वस्थ र दीर्घजीवि बनाउन प्रकृतिका शक्तिहरुमाथि विजय प्राप्त गर्ने र यो धर्तीलाई अझ सुन्दर सुखी र समृद्ध तुल्याउने महानकार्यको वैचारिक एवं भावनात्मक नेतृत्व समाजवादी यथार्थवादले गर्न सक्दछ । माक्र्सवादी दृष्टिकोणको साहित्य, कला र संस्कृति पनि यसै विचारबाट अभिप्रेरित छ । साहित्य र कलाका क्षेत्रमा प्रगतिवाद र प्रगतिशिल शब्दहरु धेरैजसो अन्तरघुलित भएर आउँछन् । यी दुवै एकै हुन् भन्ने भ्रम पनि विद्यमान छ । त्यो सत्य होइन । हरेक प्रगतिवादी कला साहित्य प्रगतिशील हुन्छ । तर हरेक प्रगतिशीलकला र साहित्य प्रगतिवादी नहुन सक्छ । माक्र्सवादी सौन्दर्य शास्त्रलाई अ·ीकार गर्ने, समाजवादी यथार्थवादलाई स्वीकार गर्ने अथवा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणलाई आत्मसाथ गर्ने कला, साहित्य नै प्रगतिवादी हुन्छ । प्रगतिवादले वर्ग संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्दछ । यथास्थितिको विरोध गर्ने, अग्रगामी परिवर्तन चाहने, तर माक्र्सवादलाई आत्मसाथ गर्न नसकेको कला, साहित्य नै प्रगतिशील कला साहित्य हो भन्ने बुझ्नु पर्दछ । प्रगतिशीलकलाले धार्मिक, अन्धविश्वास, जातपात, छुवाछुत, कुरीति, रुढीवाद एवं सबै प्रकारका कुसंस्कारको विरोध गर्ने गर्दछ । यो सामन्तवाद, देशभक्त र जनवादी पनि हुन्छ । प्रगतिशीलकला साहित्यले वर्तमानको कुरुप यथार्थको विरोध गरे पनि समाज परिवर्तनका लागि भविष्य दृष्टि राख्न असमर्थ हुन्छ । यसर्थ माक्र्सवादी कित्ताका कलाकार र साहित्यकाहरु प्रगतिशील मात्र भएर कमीकमजोरी रहने हुनाले प्रगतिवादी नै हुनु पर्दछ ।

संस्कृति भनेको समाजको ऐतिहासिक विकासको प्रक्रियामा निर्मित भौतिक तथा आत्मिक मूल्यहरुको शस्लेषण हो भन्ने बुझ्नु पर्दछ । उत्पादनका लागि गरिने श्रम प्रक्रिया बिचबाट नै संस्कृतिको निर्माण हुन्छ । संस्कृतिको सामान्य अर्थनिर्माण रचना, परिस्कृत अथवा परिमार्जन हो । संस्कृति संरचनाको महत्वपूर्ण अंग हो । संस्कृति अन्तर्गत विचार, मूल्य, मान्यता, आचार, रीतिरिवाज, चालचलन, कला आदि पर्दछन् । माओत्सेतु·का अनुसार सम्बन्धित समाजको अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिविम्बन नै संस्कृति हो । माक्र्सवादी मान्यता अनुसार समाज विकासको ऐतिहासिक प्रक्रियालाई आदिम साम्यवादी समाज, दास प्रथात्कमक समाज, सामन्तवादी समाज, पूँजीवादी समाज, समाजवादी समाज र साम्यवादी समाजका रुपमा प्रस्तुत गर्न सकिन्छ । यस्ता खालका समाजहरु मानव समाजमा उत्पादनका फरक–फरक रुपहरु हुन् भन्ने बुझ्नु पर्दछ । यसरी समाज फेरिँदै जाँदा समाजको आर्थिक आधार पनि परिवर्तन हुँदै जान्छ । र साँस्कृतिक मूल्य मान्यता पनि परिवर्तन हुन आउँछ । संसारका सबै ठाउँहरुमा समाज व्यवस्थाको विकास क्रम एकैनासको छैन । बीसौँ शताब्दीको प्रारम्भ तिर बाट पूँजीवादले सामाज्यवादी स्वरुपधारण गर्न पुग्यो । समाजवादी हस्तक्षेपका कारणले विशेष गरी एसीयाली अफ्रिकी एवं ल्याटिन अमेरिकी समाजका अधिकाश भागहरुमा अर्ध औपनिवेशिक एवं अर्धसामन्ती समाजव्यवस्थाको जन्म हुन गयो । फलस्वरुप अर्ध औपनिवेशिक एवं अर्ध सामन्ति संस्कृति तथा साम्राज्यवादी संस्कृतिका नयाँ–नयाँ रुपहरु देखा परे । यसले हैकमवादी समाजको विकास मात्र गरेको छैन भाग्यवादको संरचना गरेको छ  । स्वर्ग, नरक, परलोक, पुनःजन्म आदिको दुष्चक्रमा सोझा जनतालाई फसाएर राखेको छ । यसले नारी समुदाय माथि पितृसत्तात्मक उत्पीडन थोपरेको देखिन्छ । खासगरी साम्राज्यवादी संस्कृति पूँजीपतिवर्गको एकाधिकारवादी अर्थव्यवस्थामा आधारित छ । सामाज्यवादी र विस्तारवादी शक्तिले आज विश्वमा प्रभूत्व जमाइरहेको छ । र यसैको आधारमा साँस्कृतिक हस्तक्षेप बढेको पाइन्छ । सामन्तवादी र साम्राज्यवादी संस्कृतिको खिचडीको रुपमा जुन संस्कृति निर्माण भएको छ । त्यो नै अर्ध औपनिवेशिक तथा अर्ध सामन्ती संस्कृति हो भन्ने बुझ्न सहजै सकिन्छ ।

अबको आवश्यक्ता भनेको जनवादी एवं समाजवादी संस्कृति निर्माण गर्नु हो । सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिसँग संघर्ष गरी नवीन संस्कृतिको निर्माण गर्न सकिन्छ । धार्मिक सहिष्णुता, श्रम प्रति आस्था, नारीप्रति सम्मान, छुवाछुत विरोधी भावना, रुढीवाद र अन्धविश्वासको विरोध जस्ता प्रगतिशिल परम्परालाई आत्मसाथ गरेर जनवादी संस्कृतिको निर्माण गर्न सकिन्छ । विकृतिजन्य संस्कृतिको विरोध गर्नु पर्दछ । यही नै माक्र्सवादी दृष्टिकोण हो । समाजवाद मानव कल्याणको व्यवस्था भएकाले यसले प्राकृतिक स्रोत सम्पदाको समुचित प्रयोग गर्दै प्रकृति संरक्षणको नयाँ संस्कृति जन्माउँछ । विज्ञान र प्रविधिलाई मानवीय विनास र अरुको संहारका लागि प्रयोग गर्ने होइनकि समग्र मानव जातिकैहितमाप्रयोगगरिनु समाजवादी संस्कृतिको अभिन्न अंग हो भन्ने बुझ्नु सकिन्छ । म को सट्टा हामी भन्ने भावना जागृत हुनको लागि यो संस्कृतिको अहम भूमिका रहन्छ । (सन्दर्भ सामग्री :१) उत्तरदायित्व त्रैमासिक पत्रिका वर्ष ८, अंक १, पूर्णाड्ढ २० साहित्य, कला र संस्कृति सम्बन्धी माक्र्सवादी दृष्टिकोण –गणेश ज्ञवाली २) विभिन्न पत्रपत्रिका ।)

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update