Shittalpati
क्वारेन्टाईन व्यवस्थित बनाऊ

पछिल्लो समय स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाईनह अव्यवस्थित भएका समाचारहरु बाहिर आएका छन् । कोरोना भाईरस संक्रमण फैलिन नदिन बाहिरबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाईनहरु नै असुरक्षित र अव्यवस्थित हुनु दुःखको कुरा हो । क्वारेन्टाईन व्यवस्थित हुन नसक्दा क्वारेन्टाइन स्थलमै नागरिकको ज्यान जानु आफैमा अव्यवस्थित, भद्रगोल, लापरबाही र गैरजिम्मेवारीको उत्कर्ष हो। अधिकांश क्वारेन्टाइनहरु विद्यालय तथा सामुदायिक भवनमा निर्माण भएका छन् । त्यहाँ बन्दोबस्तीको न्यूनतम व्यवस्था समेत छैन ।
धेरैमा अझै डेस्क–बेन्च जोडेरै सुत्ने व्यवस्था मिलाइएका छन्। यो जसोतसो एक–दुई रात गुजार्ने थलो होइन, आवश्यकता अनुसार यहाँ दुई साताभन्दा बढी पनि बस्नुपर्ने हुन्छ। तैपनि न्यूनतम सुविधामा ध्यान नदिनु, संक्रमण नफैलियोस् भनेर सावधानी नअपनाउनु उदेकलाग्दो छ। क्वारेन्टाइनहरु नै व्यवस्थित नहुँदा कतिको ज्यानै गएको, कतिपय क्वारेन्टाइनमा बसेका नागरिक नागरिक बीच झै–झगडा भएको, कर्मचारीको लापरवाहिका कारण क्वारेन्टाईनमा बसेका नागरिकह राती उठेर हिड्डुल गरेका समाचारहरु बाहिर आरहेका छन् । केही दिन अघिमात्र रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्थापना गरिएको क्वारेन्टाइन अव्यवस्थित रहेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । क्वारेन्टाइनमा रहेका कर्मचारी राती घर सुत्न जाँदा क्वारेन्टाइनमा रहेका व्यक्ति बाहिर हिँड्डुल गर्ने गर्दा स्थानीयमा सक्रमणको त्रास बढेको छ । क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुले खेर गएका खाना प्लाष्टिकमा हालेर क्वारेन्टाइनबाहिर फ्याक्ने गरेको र बचेको खाना क्वारेन्टाइनका कर्मचारीले असुरक्षित रुपमा घर ल्याउँदा समुदायमा संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले आन्दोलन गरेका छन् । रुपन्देही मझगाँवाको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् । क्वारेन्टाईन व्यवस्थित नहुँदा त्यहाँ कुटाकुट भयो । कति घाइते भए । यि त केही प्रतिनिधि घटना मात्रै हुन । स्थानीय सरकारले निर्माण गरेका अधिकांस क्वारेन्टाईन यस्तै छन् । संक्रमणबाट बच्न सामाजिक दुरी कायम राख्नुपर्ने भनिए पनि सुरक्षित स्थलका पमा निर्माण गरिएका क्वारेन्टाइनमा जथाभावि रुपमा मानिसहरु राखिनु दुःखद् हो । मापदण्ड अनुसार एउटा कोठामा बढीमा तीन जना बस्न मिल्छ। एउटा खाट र अर्को खाटको दूरी साढे तीन फिट हुनैपर्छ। तर कति क्वारेन्टाईनमा एउटै कोठामा हुलका हुल बस्छन्, लहरै सुत्छन् । यसरी हुलका हुल मान्छेलाई एउटै कोठामा राख्दा उनीहरूबाट अरू समुदायलाई जोगाइए पनि त्यहीँ भित्र केही नभएकालाई पनि संक्रमण सर्ने जोखिम उच्च हुन्छ। संक्रमण फैलिनबाट रोक्न बनाइएका क्वारेन्टाइनहरू आफैं प्रकोपको घर त बनिरहेका छैनन् ? यसतर्फ सबैको ध्यान जान जरी छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update