Shittalpati
नेकपा र मदन, आश्रित

प्रकाश नेपाल
२६ वर्ष पहिले तत्कालिन नेकपा एमाले नेताहरुले तालु खुइले गिरिजा भारततिर छिरिजा हत्यारो गिरिजा मुदावाद भनेर नारा लगाउदै गिरिजा प्रसाद कोइरालालाई हत्याको अरोप लगाए । आरोप लगाउने कमरेडहरु आज सत्तामा छन् । यो प्रसंग हो नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी,संगठन प्रमुख जिवराज आश्रितको दास ढुगां प्रकरणको हो । हो उनै मदन भण्डारीकी धर्मपत्नि यो मुलुकको सर्वोच्च पदमा छन् । उनी नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्दा रक्षा मन्त्रीबाट सत्तारोहण भयो । दासढुङ्गा किन कसले दुर्घटना गरायो ? यो प्रसंग किन उठाउन मन लाग्यो । भने अहिले नेकपाले अगिंकार गरेको जनताको बहुदलिय जनवादको प्रतिवाद उनै मदन भण्डारी हुन् । राजनीतिक यात्राको क्रममा भण्डारी र आश्रित सवार जीप दुर्घटना भयो । जेठ २ गते सरकार र पार्टीले बेग्ला बेग्लै छानविन आयोग समेत गठन गरे । यतिका वर्ष भयो २०५१ जेठ २ गतेदेखि अहिलेसम्म पूर्व एमालेले उनीहरुको हत्यारा खोजिरहेको छ ? हरेक वर्षको जेठ २ गते ति दुई व्यक्तिको शालिकमा माल्यापर्ण भन्दा अरु केहि गरेनन् । २०४४ साल तिरको एउटा स्मरण छ । काठमाडौको रानीपोखरीको आड जहाँ रत्नपार्क भनेर गाडी रोकिने र त्यसको नजिक मम पसल पनि थियो । मम पसलमा पुगेका र फुटपाटका यात्रुलाई लक्षित गरी एक जना भोटे समुदायको ब्यक्तिले सानो हाते माइक बोकेर भोलि खुल्ने, भोलि खुल्ने भन्दै एक सय भन्दा बढी चिठाको रसिद बिक्री गर्दै थियो । बिक्रेताले भने जस्तो गरी भोलि कहिल्यै खुलेन र भन्न पनि कहिल्यै छाडेन त्यो त्यस्तै हो । पूर्व नेकपा एमाले र दाश ढुङ्गा ।

आज यतिका समय भयो दाशं ढुगां प्रकरण भएको । दाश ढुगां प्रकरण पछि मध्यवती निर्वाचन भयो मंसिरको पहिलो हप्तामा नेकपाको अल्पमत एंव ठूलो पार्टिको हैसियतले एकल सरकार बनायो । पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री थिए । भण्डारी पछि महासचिव भएका माधव नेपाल उपप्रधान एंव रक्षा मन्त्री भए । वर्तमान पार्टी अध्यक्ष खड्क ओली गृहमन्त्री थिए । मदन आश्रितको दाशढुङ्गा प्रकरण भएको सात महिनामा नै पार्टी सरकारमा गयो । काठमाडौंको उप–निर्वाचनमा भण्डारी पत्नी संसद सस्दयमा निर्वाचन भएर सदन प्रवेश गरिन् तर उनको नाडीको चुरा सिउँदोको सिन्दुर पुछिनुको कारण कहिल्यै सोधिनन् । त्यति मात्र होइन भण्डारी पत्नीले दाशढुङ्गा दुर्घटना हो या षड्यत्र हो भनेर समेत भनिन् । विद्या भण्डारी नै मौन भएपछि के गर्ने ? भनिन्छ पिध ताते पो विड तात्ने हो । पीडा जिवराज आश्रितको परिवारलाई पनि छ । तर जति विद्या भण्डारीलाई पार्टीले अवसर दियो त्यसको एक प्रतिशतसम्म पनि आश्रित पत्नीलाई पार्टीले स्थान नदिदा उनको आवाज वुलन्द गर्ने ठाउँ र अवसर नपाएरै हो । पार्टीलेसम्मन नजर नराखेकै हो । संगठन विभागका प्रमुख जिवराजको परिवार प्रति । तिनै आश्रितले बनाएको मार्गमा पार्टी हिडेको छ । तिनैको लगानीको ब्याज नेकपाले अहिले सम्म खाएकै छ । तर तिनको मुत्युवरण कसरी भएको भन्ने विषयमा बेखबर बन्नु कतिको लज्जास्पद कुरा हो ।

२०५१ सालमा मध्यवती निर्वाचनमा विद्या भण्डारीको सेतो साडीमा रातो बस्तु छर्किएर मतदाता समक्ष जाँदा काँग्रेसले सेतो साडीमा अबिर हालिदियो भनेर प्रपोगण्डा गरी विद्यालाई चुनाव जिताएको कुरा प्रदेश सभा सदस्य एवं काठमाडौंका पूर्व नगरप्रमुख केशव स्थापितले बारम्बार दोहोर्‍याई रहनछन् । अब उनले आफै पनि यस प्रसंग उठाउन सक्दछिन् । तर कहिल्यै नबोल्नु दुर्घटना रहस्यमय हो भन्ने बुझिन्छ । हुन त मान्नु पर्ने नै लाज थियो । तर उनीहरुसँग लाज नै छैन । लाज भएको भए सत्य तथ्य कुरा बाहिर आउन आवश्यक थियो । त्यसतर्फ ध्यान कहिल्यै गएन् । आन्दोलन र क्रान्तिले जन्माएको व्यक्ति नेता बन्दछ । तर विद्यादेवी भण्डारी दुबै परिनन् । तै पनि इतिहासको पानामा उनको नाम वडो लज्जास्पद तवरले नामले लेखियो । उनलाई किन लज्जास्पद भनियो भने आफ्नो श्रीमानको मृत्यु कसरी भयो भनेर खोज्न नसक्दा हो । मदन भण्डारीको श्रीमती भएका कारण आज उनी यो स्थानमा पुगेकी हुन् । पुग्ने भए त जिवराज आीश्रतको पत्नी पनि पुग्नु पर्ने हो । कुरा यहाँ हो जेठ २ गते गोहीको जस्तो आँखामा आँशु बगाएर फेसबुकमा लेख्नेहरुका लागि यस्ता कुरा पच्न सक्दैन । त्यो सत्य हो तर त्यसो भनिरहँदा सत्यसँग कहिल्यै डराउन हुँदैन । त्यस बेला जब दाश ढुङ्गा प्रकरण भयो तब–तब माधब र ओलीको गर्जन यति ठूलो भयो की कल्पना भन्दा बाहिरको कुरा हो । कहिले नारायाणी र राजदरवारमा लक्षित हुन्थ्यो, कहिले अमेरीकी राजदुत तर्फ लक्षित हुन्थ्यो कहिले गिरिजा प्रसाद कोइराला हुन्थ्यो । ओली दोस्रो पटक सत्तारोहणमा छन् । माधव नेपाल पूर्व हँुदै पुरानो भए । अहिलेसम्म यस विषयमा मैन रहनु नै विद्या, माधब ओली नै जनताको शङ्काको घेरामा छन् ।

यस्ता उत्पिडनबाट पिल्सीएका कारण आश्रित पुत्रीले विद्या, ओलीको नाममा खुल्ला पत्र लेखिकिछन् । लेख्नु पनि स्वभाविक हो । पार्टीमा संगठित सदस्य भएपनि विद्याका श्रीमान रहँदा समेत उल्लेख्य पदमा अवसर त पाइनन् । अनेमसघंको केन्द्रिय अध्यक्ष हुँदै अ‍ोलीकै कार्यकालमा पार्टी कै उपाध्यक्ष, दोस्रो पटक राष्ट्रपति बन्ने अवसर स्व.मदन भण्डारीको श्रीमतीको लागि आयो तर त्यही अवसर आश्रित पत्नीको सवालमा जेठ २ गते गोहीको आँशु बगाउँदा बाहेक कहिल्यै संम्झिएन् । हो यस विषयमा पार्टीका कार्यकर्ता पंत्तिबाट कहिल्यै प्रश्न उठेन् । उठ्नु पर्ने थियो विद्या भण्डारी त यस प्रकरणमा मौन बसिन् । पुराना पुस्ताका नेता पनि मौन भए, नयाँ पुस्ताले त खोज्नु पर्ने थियो दाश ढुङ्गा प्रकरण के हो भनेर नयाँ पुस्ता पनि पुराना पुस्ताको सामू लाचार भयो भन्दा ज्यादै फरक नपर्ला । दाश ढुङ्गा प्रकरण जब भयो तत्कालिन नेकपा एमालेले सडकदेखि सदनसम्म आन्दोलन गर्दा राष्ट्रले ठूलै क्षति बेहोर्नु पर्‍यो । ओली कमरेड याद छ त्यतिबेला सडक किनारामा राखिएको डिभाइडर, र्‍यालिङ कति तोड्यौ । यसको हिसाब किताब त कुनै दिन जनताले तिमीहरु दुबै जना, विद्या, ओलीसँग सावा व्याज उठाउने छन् । कुनै समय एक जना लेखकले भनेका थिए ‘नेकपा एमालेले विद्याको सारी हल्लाएर प्रचार गर्ने हो’ भनेका थिए । हुन त विद्याको अन्तिम पद हो । हुन त नेपालको इतिहासमा सर्वोच्च अदालतको न्यायधिश शुशिला कार्की बनिन् । तर उनलाई आफ्नो पधावधि सकिन्न नपाउँदै महाअभियोगको सामना गर्नु पर्‍यो । भोलिका दिनमा विद्या भण्डारीलाई समेत त्यस्तो दिन नआउला भन्न सकिदैन् । भण्डारी मात्र होइन ? नेपाली राजनीतिमा चर्तुर खेलाडीका रुपमा परिचित वर्तमान प्रधानमन्त्री पार्टीले बनाएको छानबिन समितिको संयोजक थिए । त्यति बेलाको प्रतिवेदनमा उल्लेखित कुरा र प्रमाण बाहिर किन आउदैन भन्ने हो छानबिनको प्रतिवेदन पार्टी कार्यलयमा सुरक्षित छ ।

त्यति बेलाका जीवित एक मात्र साक्षी थिए सवारी चालक अमर लामा । उनलाई पनि मध्य दिनमै काठमाडौंमा गोली हानेर हत्या गरी सवुद प्रमाण नष्ट गर्ने काम पनि भयो । अब सत्य तथ्य कुरा बाहिर आउला भन्नु कल्पना भन्दा बाहिरको कुरा हो । कमरेडहरु मदन भण्डारी र जिवराज आश्रितको नाम कति दिन भजाउने हो भन्ने मात्र हो । तल तलका कार्यकतालाई कति दिन गुमराहको घर भित्र राख्ने भन्ने मात्र हो । जस्ताको तस्तै भन्नु पर्दछ तर भनियो भन्ने नेकपाको नाम नै नरहन पनि सक्दछ । सत्य कुरा त्यहि नै हो । नियती र नियत उस्ता उस्तै हुन त्यसको अर्थ भन्ने फरक फरक लाग्दछ । हो गत २ गते नेकपा अध्यक्षद्वयले भनेका थिए, यस घटनालाइ उजागर गर्नेछौ । हो नियत नै खराब भएपछि कसको के लाग्दछ र । त्यसैले अहिलेसम्म दाश ढुङ्गा प्रकरण रहस्यमय भएको हो । यदि नियत सफा भएको भए तथ्य सार्वजनिक हुन्थ्यो । सवारी चालक अमर लामाको मृत्यु सहज रुपमा हुने थियो होला भन्ने मात्र हो ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  ००:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update