Shittalpati
खतरामुक्त छैन ओली सरकार

कोरोना संक्रमणको दवदवाले त्रस्त मुलुकमा राजनैतिक वितण्डा पनि मचिएको छ । प्रधानमन्त्री ओलीलाई उनकै समकक्षीहरुबाट गरिएको अशोभनिय व्यवहार र छिमेकी देश भारतले सीमा मिचेको विषयले पनि सरकारलाई अप्ठ्यारोमा पारेको छ । भारतीय सीमानाकामा शसस्त्र प्रहरी वल पठाएको भन्ने हल्लालाई कवच बनाउन लागेका गृहमन्त्रीको अभिव्यक्ति र व्यवहार सबै छताछुल्ल रुपमा गलत सावित भएका छन् । माओवादी जनयुद्वका वेला विस्थापित भएको प्रहरी चौकीलाई पुनःस्थापित गर्दै, शसस्त्र प्रहरी थप गरिएको अवस्थालाई सरकारले जस्ताको तस्तै प्रचार नगरेर आफ्नो बचाउ गर्ने षड्यन्त्र स्वरुप झुठो प्रचारवाजी गर्दाको परिणामले सरकारलाई नै झन अप्ठ्यारोमा पर्ने निश्चित जस्तै भएको छ ।

विदेशमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारयीय राजदूतलाई बोलाएर सीमा सम्बन्ीध समस्याका विषयमा सरकारको तर्फबाट नोट दिएको भन्ने प्रचार गरिरहदा, त्यो भनाई र गराई पनि फरक देखिएको अवस्था बाहिर आएको छ । नेपालको सीमा भारतले मिचेर सडक निर्माण गर्दै गर्दा प्रधानमन्त्री ओली नै अनभिज्ञ हँुदै गर्दा भारतीय राजदूतले नेपालका विदेशमन्त्रीलाई भारत सरकारको तर्फबाट भारतीय पक्षबाट सीमा नमिचिएको नोट बुझिरहदा उल्टै भारतीय राजदूतलाई आफु समक्ष बोलाएर नोट बुझाएको भन्ने झुठो प्रचारले उल्टै सरकार स्वयंलाई समस्या थपिने भएको छ । त्यसकारण सरकारका मन्त्री र सरकार पक्षकै समकक्षी नेताहरु बीचका फरक–फरक अभिव्यक्तिले गर्दा यो सरकार झनभन्दा झन अलोकप्रिय जस्तै भएको छ । सीमा विवाद र प्रधानमन्त्रीओली संग सिंगो नेकपाभित्रको बहुवल भएको शक्ति नै असन्तुष्ट भई रहदा ओलीले सिनकट भविश्यमै राजकाजको नयाँ शैली अपनाउने अवस्था आउँन सक्छ । त्यो अवस्था देश र जनता अनि स्वयं नेकपाका लागि अहितकारी हुने प्रायःनिश्चित जस्तै छ । त्यस्तो अवस्था आउन नदिन नेकपा भित्रैबाट नयाँ शैलीबाट अगाडि बढ्ने वातावरण बन्नु नै उपयुक्त हुन्छ । अन्यथा मुलुकमा फेरी अर्को राजनैतिक दुर्घटना हुनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update