Shittalpati
नेकपाको कारण विदेशी हस्तक्षेप बढ्यो

गत बिहीबार बेलुका सामाजिक सञ्जालमा एउटा सनसनी समाचार फैलियो । पूर्व माओवादी खेमाका मन्त्रीहरु प्रचण्ड निवासमा सबैले सामूहिक राजिनामा दिने तयारीमा भेला भए । त्यहि समाचारले सबैलाई तरंगित बनायो । अब अ‍ोली नेतृत्व ढल्ने संकेत देखिन्छ । ओलीका विरुद्धमा सबै एक ठाउँमा भए भन्ने सन्देश फैलियो तर त्यसको परिणाम के–के निस्कियो भन्ने विषय नै अन्यौल भयो । राजनितिक चर्तुर, धूर्त ठानिएका वर्तमान प्रधानमन्त्री ओलीले जनताबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई प्रधानमन्त्री पदको प्रस्ताव गरेपछि राजनीतिक गतिविधिले गत बुधबार र बिहीबार बढी चर्चा पाएको हो । ओलीले राजिनामा गरेपछि त्यस ठाउँमा पुग्ने नेकपा भित्रकै नेता हुन अन्य दलका होइनन् ।

हामी नेपाल र नेपालीका लागि विडम्वना नै भन्नु पर्दछ । विदेशी हस्तक्षेप शुक्रबार दिनभर चिनको राजदुतको हाउ यान्छीलाई नेकपाका नेतालाई भेट्न भ्याई नभ्याई थियो । उनले सुरुमा बालुवाटार पुगेर ओलीसँग दुई घण्टा संवाद गरिन् त्यस लगत्तै खुमलटार पुगेर पुष्पकमल दहाल र कोटेश्वर पुगेर माधव नेपालसँग राजनीतिक भेटघाट र संवाद गरिन् । ज्ञानेन्द्रले शासन सत्ता हत्याउदा होस्, ०४६ सालको ऐतिहासिक जनआन्दोलमा नेपालको आन्तरिक मामिला भनेर पन्छिएको मुलुकको कुटनैतिक नियोगले नेताका घरदैले दैलेमा पुग्नु कुटनैतिक मर्यादा भित्र पर्छ वा पर्दैन भन्ने मात्र हो । कुटनैतिक मर्यादा या प्रचलित कानुन तथा नियमनुसार र परराष्ट्र मन्त्रालयको स्वीकृत बिना पाइदैन । तर हाम्रो मुलुकमा नेताहरुको कारण हाम्रो स्वाभिमान माथि प्रहार भएको कटु सत्य हो । यस प्रकरण भित्र धेरै विषयहरु गर्भमै लुकेका छन् । वर्तमान सरकारको नेतृत्व परिर्वतन यति खेर आवश्यकता हो या होइन । महत्वपूर्ण कुरा यहा पनि हो ।

त्यसपछि ओलीले जसको नाम प्रस्ताव गरेका छन् । ति व्यक्ति हाम्रो संविधान अनुसार प्रधानमन्त्री बन्न बाटो खुलेको छ या छैन् । प्रत्यक्ष निर्वाचनमा पराजित व्यिक्तलाई संविधान संशोधन नै गरेर मुलुकको कार्यकारी पदमा पु¥याउन मिल्छ या मिल्दैन यस विषयमा कानुनविद्, संविधान विद्हरुले स्पष्ट पारिसकेका छन् । कानुन र संविधान अनुरुप वामदेव अयोग्य नै हुन् । यदि त्यसो नभए पार्टी विभाजन हुन्छ भन्ने मानसिकता थियो होला तर भएन । नेपालको आन्तरिक मामिलामा चिनको ठाडो हस्तक्षेप हुँदासम्म दलका नेता मौन हुनु हाम्रा लागि लज्जास्पद कुरा हो  । हुन त चिनले नेकपा एमाले र नेकपा माओवादी बिच ऐकिकरणमा गराएको पनि हो ।

चिनिया राजदुत यान्छीले केहि दिन अगाडि राष्ट्रपति विद्या भण्डारीलाई भेटिन् । पछिल्लो समय चिनको क्रियाशिलता नेकपाप्रति बढेको छ । कुनै समयमा पूर्व प्रधानमन्त्री गरेका पुष्पकमलले भन्ने गरेका थिए । विदेशी प्रभु । हो आज तिनै विदेशी प्रभुको इसारा र संकेतमा नेकपा सञ्चालित भएको रहेछ भन्ने बुझाई हो । अब नेकपालाई विदेशी दलाल भन्दा फरक पर्दैन ।
हिजोका दिनमा सरकार ढाल्नका लागि चिनले कृष्णबहादुर महरामार्फत ठूलो धनरासी खर्चिएर प्रयोग गरेको भन्ने चर्चा पनि नभएको होइन । एउटा स्वतन्त्र मुलुकको आन्तरिक मामिलाको सवालमा छिमेकी मुलुकको हस्तक्षेपलाई स्वीकार गर्नु अर्काको दासत्व स्विकार गर्नु हो । चिन नेकपाको कुल देवता नै भयो । अन्य दलका नेता समेत यस विषयमा मौन हुनु दुःखद् कुरा हो । अर्को महत्वपूर्ण विषय पनि छ । अमेरिकी सहयोग एमसीसी परियोजनालाई नेपालले कुनै पनि हालतमा स्वीकार गर्नु हुँदैन । भन्ने पक्षमा चिन उभिएको छ । सोही कारणले गर्दा नै कृष्णबहादुर महरा मोहरा बनेको पनि एथार्थ हो । नेपालको संविधान जारी हुने समयमा भारतियको चलखेल हुँदा बोल्ने नेता अहिले किन मौन ? रहस्यमय छ यहाँ । हुन त वर्तमान प्रधानमन्त्री बन्नु अगाडि भारततर्फ बढी झुकाव राख्ने व्यक्तिका रुपमा स्थापित व्यक्ती हुन् । त्यस पछि उनको झुकाव चिनतर्फ बढी देखियो । संविधान सशोधन गरेर वामदेवलाई प्रधानमन्त्री बनाउने खेलमा चिनले चलखेल गरेको हो भने त्यो भन्दा अनिष्ट नेपालका लागि केही हुदैन ।

फेरी ओलीसँग भएको विकल्प संसद विघटन गरी मध्यवधी निर्वाचन गराउने खेल दोहोरिन्छ कि भन्ने पनि नेकपाका नेताहरुमा भएका कारण यो परिस्थिती सिर्जना भएको हो । मुख्य कुरा एमसीसी पास गर्दा नेपालमा अमेरिकी शक्ति हावी हुँदा चिनका लागि टाउँको दुखाईको विषय बनेको छ । विवादको मुख्य जड यहाँ हो । यही कारण नेकपा आज यो अवस्थामा गुर्जेको हो । सत्तामा रहेकाहरु एमसीसी पास गर्नु पर्दछ भन्नेमा छन् । त्यसैगरी सत्ता बाहिर रहेकाहरु पास गर्नु हुँदैन भन्नेमा छन् । मत यहि बाँझिएको छ । अर्का तर्फ नेकपा विभाजन गर्न अमेरीकी शक्ति क्रियाशिल भएको भन्ने आरोप पुष्पकमल दहालको मुखबाट फुस्किएको कुरा हो । स्वतन्त्र, स्वाभिमानी, सार्वभौम भनेको मुलुकमा कहिले भारतीय, चिनिया, अमेरिकी हस्तक्षेप हुनु कतिको स्वाभाविक हो भन्ने कुरा हो ।

विदेशी हस्तक्षेप र प्रवाह बढ्नु अरु कसैको कारणले होइन् हाम्रै नेताका कारणले हो । हाम्रा नेताहरु कुन–कुन देशका एजेन्ट छन् । त्यही एजेन्टका कारण यस्तो भएको हो । त्यसैले हामी स्वाभिमानी नेपाली भन्ने कि नभन्ने । पछिल्लो समयमा २०७० पछि नेपालमा चिनिया शक्ति हावी भएको छ । यस प्रकरणमा मात्र होइन अन्य स–सानादेखि सुरक्षा, कर्मचारीतन्त्रमा समेत चिनीया प्रभाव बढेको यथार्थ हो । फेरी राजनीतिक वृतमा पूर्व माओवादी चिनिया शक्ति निकट भएको यथार्थ हो । भन्ने पूर्व एमाले नेता वामदेव समेत झुकाव उत्तरी पोलतर्फ हो । अब यिनलाई के भन्ने ? प्रश्न यहाँ हो मुलुक कोरोनाको संक्रमणको कारण यस्तो आक्रान्तमा परेको छ । कोरोना संक्रमणका विरुद्ध सबै एकै ठाउँमा हुनु पर्ने हो । यसमा नेकपाको स्पष्ट नीति आएको छैन । सरकार बाहिर रहेका दलहरुले कोरोना नियन्त्रणमा रकम जम्मा गरी सके । नेकपाले रकम जम्मा गर्नु कहाँ हो कहाँ कुर्सीको खेलमा अल्झिनु लज्जास्पद कुरा होइन ? नेकपा सरकारभन्दा बाहिर भएर सरकारमा रहेका दलले यस्तै गरेको भए केपी, वामदेव, प्रचण्ड कमरेडहरु सडकमा कति बास्दै थिए होला । सडकमा कति टायर बल्दथ्यो, सडकका र्‍यालिङहरु कति भान्चिथ्यो होलान् । एक पटक कल्पना गरौँ त । हो यहि हो फरक नेकपा र अन्य पार्टीमा ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update