Shittalpati
सरकारका दिनगन्ती शुरु

पछिल्लो चरणमा आएर प्रधानमन्त्रीको कुर्सीलाई पुष्पकमल दाहालको वैशाखीको सहारामा यथावत राखि राख्ने दाउ सफल हुने देखिएपछि दुई सातादेखि निराश प्रधानमन्त्री केपी ओली अहिले आशावादी देखिएका छन् । वर्तमान राजनैतिक खिचातानीका बीच ओलीले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको सामिप्यतालाई आफ्नो अर्को कवचको रुपमा प्रयोग गर्ने अवसर खोजी रहनु र आफ्नो पार्टीका झलनाथ खनाल र माधव नेपालसंगको सम्बन्धमा आएको दरारलाई मल्हम लगाउने प्रयासलाई प्रचण्डकै नेतृत्वमा अगाडि बढोस् भन्ने कुरामा ओली अझै पनि आशावादी छन् ।

अर्को तर्फ ओलीले देउवालाई प्रयोग गरेर आफ्नो शक्तिमा कुनै कमी नआएको देखाएर असक्षम सारथी पूर्व सञ्चारमन्त्री बास्कोटालाई अझै आफ्नो किचन क्याविनेटबाट हटाउन नसक्नुलाई अर्को दुर्भाग्य भन्नेहरु पनि धेरै छन् । एकीकरण पछि, प्रचण्ड र ओली दुवै अध्यक्ष भएको नेकपाभित्रका अर्का दुई शक्ति नेपाल र खनालले पर्ख र हेरको अवस्थालाई नजिकबाट चियाँई रहे पनि नेपालले तेस्रो वरियताका नेता वामदेवसँग राखेको प्रस्तावलाई प्रधानमन्त्री ओली र प्रचण्डले विचमै व्रेक थ्रू गरे पछि वामदेव आफैमा मख्ख छन्, गौतमलाई दिएका सबै आश्वासन ओलीको राज्यसत्ता लव्याउने खेल बाहेक अरु केही पनि होइन भन्ने कुरा शतप्रतिशत सही हुने आँकलनका बीच गौतम रनभुल्लमा छन् ।

यी सबै कुरालाई नजिकबाट नियाली रहेको प्रतिपक्षका कतिपय ठूला नेताहरु कथम कदाचित ढिलो चाडो सरकार परिवर्तन भयो भने अवसर पो, पाइन्छ कि भन्ने आशामा बसेको भान पनि हुन थालेको छ । अन्तरपार्टी विवाद नेकपामा मात्रै होइन, नेकाँभित्र पनि त्यतिकै जरा गाडेको अवस्था हो, तर सरकारका कारण नेकपा भित्रको लडाईले, केही शक्ति केन्द्रहरुलाई राम्रैसँग खेल्ने मौका मिलेको छ । यो पटक खुल्लम खुला रुपमा छिमेकी देश चीनले ओलीको सत्ता संरक्षणमा गम्भीर भएर भूमिका निर्वाह गर्ने कार्यलाई चीनको सफलता र भारतको असफलतासँग दाजिएको अवस्था पनि त्यतिकै प्रवल रुपमा अगाडि आएको छ । त्यसकारण जति जे जस्ता वैशाखी लगाए पनि ओली नेतृत्वको सरकारका दिन गन्ती शुरु भएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update