Shittalpati
कोरोनाभन्दा ओली खतरा

प्रकाश नेपाल
नयाँ वर्षा प्रारम्भसँग सँगै वर्तमान सरकारको नेतृत्व प्रतिपक्ष दलबाट मात्र नभई सत्तापक्ष दलबाटै कडा आलोचना मात्र भएको छैन्, प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारको बसाईको विषयमा दिन गन्तीको समेत सुरुवात भएको भन्दै चर्चा परिचर्चाको सुरुवात भएको छ । भनिन्छ किन चाम्रिन्छस् मरिच आफ्नै तेजले भने झै ओलीका कारणबाट मुलुक अस्थिरतातर्फ उन्मूख भएको भन्ने आम जनताको भनाइ रहेको छ । हुन त खड्क प्रसाद ओली आम नेकपा भित्र र नेपाल र नेपालीका अनिष्टका व्यक्ति रहेछन् भन्ने गत शनिबारको नेकपाको सचिवालयको बैठकमा नै प्रष्टियो । हुन त जब जब उनी प्रधानमन्त्री भए तब–तब अनिष्टका बादल आकाशमा चारै तर्फबाट मडारीन लाग्यो । यो कुरालाई आम नेकपाका कार्यकर्ताहरुले पचाएकै हुन् ।

दुई तिहाई मत प्राप्त नेकपाको एकलौटी सरकार छ भनेर डोरी लगाएको घोडा झै कुदेका कारण ओलीको राजनितिक भविष्य अध्यारोतर्फ धकेलिदै छ । ओली सरकारले गरेको कुनै एउटा राम्रो काम भनेर प्रश्न सोध्यो भने त्यसको जवाफ नै छैन । सरकार कोरोना भाइरसको सक्रमणका कारण स्तब्ध भएको छ । यस्तो समयमा आर्काको पार्टी फुटाल्न कै लागि अध्यादेश ल्याउने हो ? प्रश्न यहाँ हो ओलीका मतियार गुण्डा नाइके महेश बस्नेत प्रयोग भए त्यसैगरी नेपाल प्रहरीका पूर्व आइजिपिको पनि संलग्नताले प्रहरी संगठनमा भएको शाखलाई समेत रित्यायो । सर्वेन्द्र खनालले सि·ो प्रहरी संगठनकै टाउँको निहु¥याउने काम गरे । यहि काण्डका कारण ओलीका दिन गन्ति सुरु भयो । सासंद अपहरणको जाहेरी लिएर प्रहरीकोमा पुग्दा प्रहरीले जाहेरी लिन मानेन र लिएन पनि त्यसैले गर्दा बाबुराम भट्टराईले जे भनेका थिए ठिक रहेछ । नेपाल सरकार भन्दा पनि यो मुलुकमा ओली सरकार रहेछ ।

नेपाल र नेपालीका लागि ओली कोरोना भाइरसभन्दा खतरा पो देखिए । बालुवाटारमा ओलीले डाकेको बैठकमा उपाध्यक्ष वामदेब गौतमले अन्तिम हिसाब किताबको कुरा गरे । ओली अलिकति पनि टसमस भएको देखिएन । बरु उल्टै धम्काए त्यो पनि बहुमतको आडमा । नेकपा नेताहरुलाई नेकपा भन्न लाज लागिसक्यो । कारण ओलीको गैरजिम्मेवारीपनाले । अब ओलीसँग स्वच्छ छबि भएका व्यक्तिहरुको समर्थन पातलिल्दै गएको हो भन्ने प्रष्ट भयो । ईश्वर पोखरेल, सुवास नेवाङ क्लिन चिट भएका व्यक्ति होइनन् अर्को बस्नेत त गुण्डा नै भए । यस्ताको आडमा कति दिन चल्ने हो र कुरा यहाँ हो, ओलीको दोस्रो पटक सत्तारोहण भएपछि के–के भए होइन ? के–के भएन हो भ्रष्टाचारका ठूला–ठूला जघन्य अपराधका अपराधीलाई कसले संरक्षण गरिरहेको छ ।

निर्मला पन्थको हत्या काण्ड, ३३ किलो सुन काण्ड, विमान, बालुवाटार जग्गा, गोकुल बास्कोटा, कृष्ण बहादुर महरा, नेपालमा ईसाइहरुको सम्मेलन, स्वास्थ्य सामग्री खरिद र पछिल्लो समय आफु तानासाही बन्ने उद्देश्यले ल्याएको अध्यादेश, सासंद अपहरण जस्ता विषय दर्जनौ छन् । त्यसले गर्दा प्रधानमन्त्री ओली मुलुकका लागि अनिष्ट सावित भए भनेर जनजनले भनेको कुरा हो । ओलीको दिन गन्ती सुरु भयो तर हठी स्वाभावका कारण वामदेवसँग सवाल जवाफ भयो । ओली सहज रुपमा सत्ताच्युत हँुदैनन् । सत्ताच्युत हुन परेको खण्डमा मध्यवती निर्वाचनको घोषणा बाहेक कुनै विकल्प छैन् । ओलीको पार्टी र सभापती यि दुबै पद उनको लागि यो नै अन्तिम हो । त्यसले आफु टिक्नका लागि जस्तो सुकै हथकण्डा अपनाउन पनि उनी तयार रहेको देखिन्छ ।


केन्द्रिय समितिको बैठकमा माधव नेपाल कम्पनीले ओली कम्पनीलाई जोगाउन सक्र्थो भने ओली सरकारको आयु लम्बिन्छ । तर नेपाल पनि पद प्राप्तिका लागि जस्तो पनि मूल्य चुकाउने व्यक्तिका रुपमा स्थापित नेता हुन् । ज्ञानेन्द्रले शासन गर्दाका समस्यमा हो । उनी आमाको क्रिया नगरेर प्रधानमन्त्री बन्नका लागि निवेदन हाल्नका लागि राजदरबार पुगेका थिए । त्यसैले ओली कम्पनीले नेपाल कम्पनीलाई अबको राष्ट्रपति बन्ने उधोरो आश्वासन दिए भने त्यहि आश्वाशनमा रुम्लिएको व्यक्ति हो । त्यसो भयो भने ओली भाइरस हराउँदैन् । कोरोना भाइरसले संसारलाई स्तब्ध बनाएको छ । अर्थतन्त्र डामाडोल भएको छ ।

यस्तो अवस्थामा सबै एकठाउँमा उभिएर राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा त्यसतर्फ ध्यान नदिई अध्यादेश ल्याउनेलाई के भन्ने ? कोरोनाका विषयमा अन्य मुलुकका सरकार प्रमुख जति संवेदनशिल छन्, हाम्रो मुलुकको ओली कम्पनी कति पनि संवेदनशिल बनेका छैन् । फेरी सरकारको असावधानिक कारण कोरोन भित्रिएको हो त्यो पनि ओलीहरुका कारण हाम्रो मुलुकमा २०५१–२०५६ को अवस्थामा फर्किन सक्छ । जसले गर्दा राजनीतिक स्थायित्व हुँदैन । राजनीतिक अस्थिरताका कारण विकासको गति निकै मन्द हुन्छ त्यसको परिमाण र परिणती ओली कम्पनीका लागि फाइदा होला तर नेपाल र नेपालीको हित भने पटक्कै हुदैन ।

हुन त ओलीले मधेशवादी दल पनि फुटाउने अन्तिम तयारी अवस्थामा आफ्नो दल पनि फुटाउने योजना थियो । त्यसको चारतर्फी विकास भयो फेरी ओलीसँगसँगै देउवाका लागि समेत खतराको घण्टी कानमा गुजिञ्यो । अन्ततः देउवाको आग्रहका कारण मत्थर भएको हो । हुन त हाम्रा पूर्वजहरुको भन्ने उखान छ कमिलाले मर्ने समयमा प्वाख पलाउछ रे हुन पनि सत्ताबाट च्युत हुनका लागि उनले यस्ता यस्ता विखण्डका काम गरेका हुन जस्तो लाग्दछ । हुन त उनको व्यवहार बोली पनि यस्तै यस्तै हुन्छ । उनको बोली व्यवहार जस्तो । जहिले पनि विवादस्पद भयो । गोकुल बास्कोटालाई किन धर्म पुत्र बनाएकोे अडियो प्रकरणबाट प्रष्टियो ।

वर्तमान स्वास्थ्यमन्त्री, रक्षामन्त्री, सम्मिलीत सामग्री खरिद प्रकरण त घाम जस्तौ छर्लङ्ग भएको कुरा हो । गल्तीलाई सच्याउने भन्दा बढाउँदै जाँदा उनको दिन गन्ति सुरु भएको हो । मुलुक अस्थिरतातर्फ धकेलिदै छ । यसैले आमजनता भन्दछन् कोरोना भन्दा ओली खतरा तर राजनैतिक अस्थिरताका कारण उत्पन्न समस्याको आंकलन गरेर सकिदैन तर अस्थिरतातर्फ धकेल्नुलाई कारवही गर्नु पर्दा ओलीलाई मात्र होइन उनलाई सहयोग गर्नेलाई समेत कारवाही गरियो भने बल्ल मुहान सफा हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेर व्यक्तिको जमिन हड्पने योजनाको सपना देखेका सर्वेन्द्र खनालको समेत पत्ता साफ हुनेछ ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update