Shittalpati
अवस्था भयावह बन्दै

नोभेल कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै सन्त्रासमा छ । चीनबाट सुरु भएको यो भाइरसले नेपालमा पनि भयावह अवस्था सिर्जना गर्दै गएको छ । शनिबार सम्ममा संक्रमितको संख्या ३० पुगेको छ । एकै दिनमा १४ जनामा संक्रमित देखिएको छ । यसले पनि नेपालमा अवस्था झन भयावह हुने देखिएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरे पनि प्रभावकारी कार्यान्वयन हुन भने सकिरहेको छैन । कोरोना विरुद्ध लड्न विश्वका सबै देशले यथासक्य प्रयत्न गरेका छन् । तर, नेपाल सरकार भने यस विषयमा गम्भीर बन्न सकिरहेको छैन । कोरोना भाइरसको संक्रमण फैलने ४ चरणमध्ये नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेकाले अबका दिनमा यो झन जटिल बन्दै जाने निश्चित छ ।


चौथो चरण भएर गुज्रिएका अमेरिका, चीन र इटलीको अवस्था वर्णन नै गर्न नसकिने खालको अर्थात् भयाबह भएपछि नेपालीलाई कोरोनाको दोस्रो र तेस्रो चरणसँग नै भिड्न धेरै गाह्रो हुने छ भने चौथो चरण त महामारीकै अवस्था हो । त्यसैले कोराना भाइरसलाई हालकैै अवस्थामा राखिछाड्नु सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ । यो सोंचेभन्दा सजिलो पनि छ । यसका लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्ने र प्रचारप्रसारलाई व्यापक बनाउन आवश्यक देखिन्छ ।

व्यक्तिलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कँदै ननिस्कने वातावरण तयार गर्न जरुरी छ । अत्यावश्यक काम परेमा पनि घरबाट अधिकतम दूरीमा परेको समस्या समाधान गर्न सकिने प्रावधान सरकारले लागु गर्न सक्नुपर्छ । राज्यले आफ्ना जनताको सुख सुविधाको लागि अधिकतम लचकता अपनाउनु पर्दछ । सरकारी संयन्त्रहरु (केन्द्रदेखि स्थानीय तह) का बिचमा आपसी समन्वय थप सबल बनाउनु आवश्यक छ । नेपाल आधुनिक प्रविधिको प्रयोग अत्यावश्यक अवस्थामा मात्र सिमित राखि अधिकतम रुपमा समुदाय परिचालनको माध्यमबाट रोगको फैलाबट रोक्नतर्फ बैलैमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update