Shittalpati
महामारीबाट पाठ सिकौं

२०७२ सालको भूकम्पका कारण धेरैले ज्यान गुमाए । कैयौं घाइते भए । निजी र सार्वजनिक, पुरातत्विक महत्वका कैयौं सम्पदा र संरचना ध्वस्त भए । क्षणभरमै जे जे भयो, त्यसको आघात अझै ताजै छ । मानिसहरुले अझै पनि भरपर्दो बासस्थानको व्यवस्था गर्न सकेका छैनन् । बालबच्चाले पढ्ने कैयौं विद्यालय पुनर्निर्माण भइसकेका छैनन् । भूकम्प गएर देशलाई तहसनहस पारेको पाँच वर्ष पुग्दानपुग्दै बाँकी विश्वसँगै नेपालले पुनः कोरोनाको विपत्ति सामना गरिरहनु परेको छ । चिनको बुहानबाट विश्वभर कोभिड १९ महामारीले यति बेला विश्व नै त्रसित छ । अहिले कोरोनाका कारण विश्व तहसनहस भएको छ । मानिसमा भय, त्रास र आतंक छ । मानिसहरू अनाहकमा मृत्युवरण गर्न विवश भएका छन् । संक्रमितको संख्या बाढी जस्तै बढ्दो छ । विश्व परिवेश र परिदृश्यबाट हामीले थुप्रै पाठ सिक्न जरुरी छ ।


हामी बच्ने, बाँच्ने र बचाउने भनेको आत्म अनुशासनले नै हो । लकडाउनका मूल्य मान्यताको पालना गरेर जानु नै कोरोना भाइरस संक्रमणबाट जोगिने उत्तम उपाय हो । नेपालमा अहिलेसम्म १२ जनामा संक्रमण देखिएको छ । आशा गरौं, कामना गरौं, अब कोही कोरोनाबाट संक्रमित नहोउन् । हाम्रो अहिलेको उत्तम विकल्प लकडाउन नै हो । लकडाउन कतिसम्म जान्छ निश्चित छैन । यो समयमा सरकार, निजी क्षेत्र र वित्तीय सेवाप्रदायकहरूले गर्नुपर्ने काम थुप्रै छन् । कोरोनाको निर्ममताको यो हृदय विदारक अवस्थाबाट हामीले पनि सिकौं । सरकारलाई गाली गरेर क्षणिक सन्तुष्टी त मिल्ला तर सजग रहने आफैँ हो । सरकारले पनि पाठ सिकोस् । गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखोस् । स्वास्थ्यकर्मीलाई दिने व्यक्तिगत सुरक्षा सामग्री, सेवा, राहत आदि वितरणमा तदारुकता देखियोस् ।

लकडाउनका कारण बढी अफ्ठ्यारोमा परेका विपन्न तथा दैनिबचार वर्ष अघिको भूकम्पपछि हात लागेको थियो । जे–जे सम्भव छ, सिकौं र व्यवहारमा लागू गरौं । महामारीको रुपमा रहेको विपत्तिलाई पाठका रूपमा लिँदै भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणको तयारीमा लागौं सम्पूर्णमा नव वर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update