Shittalpati
प्रचण्डको पहिलो रेडियो अन्तर्वार्ता, त्यति बेला यस्तो बोलेका थिए (अडियो सहित)

पाल्पा, संसारमै बहुचर्चित अन्तर्वार्ता, माओवादी द्वन्दका समयमा चर्चा पाएका कमरेड प्रचण्डको २०६३ साल जेठ १ गते लिएको यो अन्तर्वार्ता आज पनि त्यतिकै महत्वपूर्ण छ । त्यतिबेलाको भन्दा धेरै गुना राजनैतिक परिवर्तन भई सकेको भएता पनि उनले दिएका अभिव्यक्ति र अहिले कमरेड पुष्पकमल दहालमा कस्ता परिवर्तन आए त ? भन्ने जिज्ञासा मेटाउनका लागि यो अडियो सुन्ने र पढ्नेका लागि महत्वपूर्ण हुने छ ।

यो अन्तर्वार्तालाई स्वयं प्रचण्डले नै सचेत रुपमा तयारीका साथ दिएको आफ्नो पहिलो अन्तर्वार्ता हो, भन्ने अभिव्यक्ति दिएका कारण पनि यसलाई स्वतन्त्र रेडियोको इतिहासमै पहिलो रेडियो अन्र्तवार्ता भन्ने शाहस गरेको छु । जतिवेला नेपाल द्वन्दले अत्यान्त प्रताडित थियो, त्यतिबेला पाल्पाबाट प्रशारित श्रीनगर एफएफका लागि पुष्पकमल दहाल प्रचण्डको अन्र्तावार्ता मैले लिने मौका पाएको थिए ।

हुन त अन्र्तावार्ता प्रशारण पछि तत्कालीन शासकहरुबाट विभिन्न किसिमका प्रताडनाको शिकार पनि भईयो र पनि वर्तमान मूलुकको राजनैतिक उतार चढावका बीच सग्रह गरेको सामग्री सुने पछि विश्लेषण गर्न सबै राजनैतिक विचारकका लागि उपहार हुने कुरामा विश्वस्त छु । प्रचण्डले त्यतिबेला दिएका अभिव्यक्ती क्रमशः नेपाली राजनैतिक धरातलमा के कति लागु भए र हुँदै छन् भन्ने बारे सुनेर मूल्याङ्कन गर्न सहज होला भन्ने हेतुले यसको अडियो सहित हाम्रो आधिकारिक अनलाईन र युनिक एफएमको युटुव च्यानलमा हेर्न र सुन्न मिल्ने गरी राखिएको छ । तत्कालीन नेकपा माओवादीका अध्यक्ष एवं जनयुद्धका सुप्रिम कमाण्डर पुष्पकमल दहाल प्रचण्ड सँग स्वतन्त्र रेडियोको इतिहासमै पहिलो अन्र्तवार्ता पाल्पाबाट प्रसारण हुने श्रीनगर एफएफका लागि मैले लिए पछि त्यतिबेला देशै भरका सयौ स्वतन्त्र रेडियोहरु, विविसी नेपाली सेवा र विभिन्न आम सञ्चारका माध्यमले यसलाई पुनः प्रशारण र प्रकाशन गरेका थिए । यो अन्र्तवार्ता सुनि सके पछि, प्रतिक्रियाका लागि सम्पूर्ण पाठक र श्रोताहरुमा हार्दिक अपिल पनि गर्दछौ । तपाईहरुका प्रतिक्रियालाई यही स्थानमा प्राथमिकता दिदै जाने छौ ।

प्रस्तुति : जगदीश भट्टराई

सम्पादक : शित्तलपाटीडटकम, नवजनचेतना दैनिक

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update