Shittalpati
तानसेन पहिरो अपडेट : गाडी बगाउँदा मृत्यु भएका तीन जनाको पहिचान खुल्यो

कृष्ण पोखरेल
तानसेन। जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार पहिरोले गाडी बगाउँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको मंगलबार विहान पहिचान खुलेको हो ।

मृत्यु हनेहरुमा पाल्पाका रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । हिजो बेलुका ४ः३० बजेको समयमा झरेको पहिरोमा परी घटनास्थमै २ जना उपचारको क्रममा युनाइटे मिसन अस्पतालमा एक जनाको मृत्यु भएको थियो । पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोज गिरीले बताए ।


थप सवारी साधन र मानविय क्षति भएको हुन सक्ने भन्दै अहिले विहानै देखी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरोस्थलमा परिचालन भएको कार्यालयका सूचना अधिकारी गिरीले जानकारी दिए । हिजो राती भई पानी परेपछि खोजविन कार्यरोकिएको थियो । तानसेनबाट रिडि तम्घास तर्फ जादै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्थामा पुनः पहिरो झरी सवारी साधन बगाएको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update