Shittalpati
लुम्विनी मेडिकल पाल्पामा कुरुवामै कोरोना देखियो, चिकित्सक र नर्सहरु त्रसित

तानसेन । तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको मेडिकल वार्डमा शुक्रवार भर्ना गरिएकी ६० बर्षकी एक महिलाको कुरुवा निजकै छोरी ३२ बर्षिया महिलालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल र आसपासका क्षेत्रमा त्रासको वातावरण फैलिएको छ । बिरामी कुरुवा ३२ बर्षकी महिलालाई कोभिड १९ पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेजका चिकित्सक, नर्स सर्वसाधारणमा त्रासको अवस्था फैलिएको हो । सक्रममित ३२ बर्षकी महिला अर्घाखाँचीको मालारानी गाउँपालिका ९ निवासी हुन । ६० बर्षकी उनकी आमा रेसुंङगा नगरपालिका ९ गुल्मी निवासी हुन ।


शुक्रवार दिउसो मुटु दुख्ने समस्या देखिएपछि गुल्मीबाट एलएमसी प्रभास ल्याइएकी ६० बर्षकी आमा र कुरुवा बस्न आएकी अर्घाखाँची मालारानी घर भएकी ३२ बर्षकी नाताले छोरी पर्ने महिलाको समेतको स्वाव परीक्षण गरिएको थियो । जसमा कुरुवाको रुपमा रहेकी छोरीको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पिसिआर परीक्षण पछि उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । सक्रमित महिलाको लुम्विनी मेडिकल कलेजको कोरोना उपचार वार्डमा भर्ना गरिएको छ भने ६० बर्षकी आमाको आईसोलेशन शाखामा उपचार भई रहेको अस्पतालका अध्यक्ष गोपाल पोख्रेलले जानकारी दिए । अहिले दुवै जनाको अवस्था सामान्य रहेको छ ।


संक्रमण रोक्न र त्रासकम गर्ने काम भई रहेको र विरामीहरुलाई परामर्श दिनुपर्ने कार्यलाई पनि संग सगै लग्नुपर्ने स्थानीय वासिन्दाहरुको माग छ । यस सँगै पाल्पामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ, भने एकजनाको कोरोना संक्रमणको कारण निधन भइसेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update