Shittalpati
ट्याक्टरले किच्दा सहचालकको मृत्यु

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरे स्थित पूर्वखोला–निस्दी भित्री कच्ची सडक खण्डमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । निस्दीबाट पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा पूर्वखोला–३, भालुकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सारु सोही ट्याक्टरको ट्रलीमा बसेर आएको र अचानक ट्रलिबाट सडकमा खस्न पुुगेका थिए । ट्रलिबाट खसेका सारुलाई ट्याक्टरको बाँयापट्टीको चक्काले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update