Shittalpati
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

रुपन्देही, रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–२ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

सोमबार राति लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update