Shittalpati
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछाप, रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनास्थालमा ९ जनाको ज्यान गएको थियो ।

२० जनाको धुलिखेल अस्पताल र थप १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार विहान करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update