Shittalpati
पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते भएका छन् । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी चालक निस्दी गाउँपालिकाका २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका –३ का ४६ वर्षीय टुक नारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने खाम्चाको सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । जिप आफै अनियन्त्रित भर्इृ सडकदेखि ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update