Shittalpati
तिनाउमा पौडी खेल्ने क्रममा डुवेर एकको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –३ ड्रयामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भारतको गोरखपुरबाट घुम्न आएका ३५ वर्षीय अंकति श्रीवास्तव पौडी खेल्ने क्रममा डुवेर घाइते भएका थिए ।

खोलामा डुवेका उनलाई साथीहरुले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक बिरेन्द्र थापाले जानकारी गराए । घटनाको विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update