Shittalpati
तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने

कृष्ण पोखरेल
पाल्पा, तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बैशाख १५ गते विहीबारदेखि वैशाख २१ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । निर्माणाधिन तानसेन रानीमहल सडकमा पूर्ण रुपमा कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

निर्माण व्यवसायीले गुणस्तरीय सडक निर्माण गर्न, कालेपत्रे गुणस्तरीय बनाउन, विग्रिएका स्थानमा मर्मत सम्भारका लागि जिल्ला प्रशासन र पूर्वाधार कार्यालयसँग अनुरोध गरेपछी कार्यालयले एकहप्ते सार्वजनिक सूचना मार्फत सडक पूर्ण रुपमा बन्द गर्न लागे कार्यालयका प्रमुख अरुण कुमार गुप्ताले बताए । लुम्बिनी प्रदेश सरकारले रानीमहलसम्म पुग्ने पर्यटकको सहज यातायातका लागि सडक कालोपत्रेको योजना स्विकृत गरी विगत दुई बर्ष देखि नियमित काम गर्दै आएको कार्यालय प्रमुख गुप्ताले बताए । सडक कालोपत्रे भएपछी सबै किसिमका सवारी साधनहरु तानसेनदेखि पर्यटकहरु आधा घण्टामा रानीमहल पुग्ने छन् । तानसेन रानीमहल सडक बन्द रहे पनि रानीमहल जाने पर्यटकहरुले बैकल्पिक सडकको रुपमा मिसन दैलातुङ्गको सडक प्रयोग गर्न सकिने वा तानसेन, बतासेडाँडा, बौघागुम्वा छेर्लुङ सडक वा अर्गली रानीमहल सडक प्रयोग गरी रानीमहल जान सक्ने छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update