Shittalpati
रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

पाल्पा, जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।
गाइवस्तुका लागि घाँस काट्न रुखमा चढेका उनको खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।
घरदेखि नजिकैको बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्दै गर्दा आचार्य अचनाक भुइँमा खसेर घाइते भएका थिए । घाइते उनलाई परिवारले उपचारका लागि रामपुर अस्पताल पु¥याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । उनको शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update