Shittalpati
स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो

वालिङ, स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर दालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग १ज ७३९९ नंको जिप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जिप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो । –रासस

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update