Shittalpati
रैनादेवी छहरामा बस दुर्घटना : २ को मृत्यु, ४ घाइते

भुवन रायमाझी
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –६ जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझा पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गाडी धनि तथा चालक धारापानीका ४२ वर्षीय बेद बहादुर जिसी र ७ वर्षीय अशोक रास्कोटीको ज्यान गएको प्रहरी चौकी बल्ढेङगढीले जनाएको छ । दुर्घटनामा ४ जना गम्भीर घाईते भएका छन । घाइते हुनेहरुमा सोही ठाउँका ७ वर्षीय रोहीत घर्ती, ८ वर्षीय मिलन बगाले, ८ वर्षीय रोमन घर्ती र ९ वर्षीय खिम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते चारै जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बस सडकदेखि ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सच्याइएको : यसअघि प्रकाशित समाचारमा असावधानीवश गाडी धनी ४० वर्षीय विजय सारू को मृत्यु भन्ने उल्लेख भएकोमा त्यसलाई सच्याइएको छ । यसबाट पठाकवर्गलाई पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।
–सम्पादक

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update