Shittalpati
कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला

पाल्पा, कालीगण्डकी नदीमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दी स्थित कालीगण्डकी नदीको किनारमा बगनासकाली –६ का ७१ वर्षीय खड्क बहादुर दर्जी मृत फेला परेका हुन् ।

दर्जी बुधबार विहान नदी किनारको पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चैत २० गते घरबाट हिडेका थिए । दर्जीलार्ई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरी चौकी राम्दीमा खबर गरेका थिए । खबर लगत्तै त्यहाँबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update